close

बहराइनमा क्रिप्टो कारोबार गर्न बाइनान्सलाई अनुमति

टेकपाना टेकपाना

चैत २, २०७८ २०:२५

काठमाडौं । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज प्लेटफर्म बाइनान्सले बहराइनको केन्द्रीय बैंकमार्फत क्रिप्टो एसेन्ट सर्भिस प्रोभाइडर लाइसेन्स (क्रिप्टोकरेन्सीसँग सम्बन्धी सेवा उपलब्ध गराउने अनुमति पत्र) प्राप्त गरेको छ ।

योसँगै खाडी देशमा बाइनान्सलाई कारोबारको अनुमति दिने बहराइन पहिलो देश बनेको छ । विश्वभर आधिकारिक मान्यता पाएर काम गर्ने बाइनान्सको यात्रामा बहराइन सरकारको यो कदमले ठूलो सहयोग पुगेको बाइनान्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्वका केही देशमा अझै पनि क्रिप्टो कारोबारलाई गैरकानूनी भन्दै बाइनान्स माथि पनि प्रतिबन्ध लगाइरहेको समयमा खाडी मुलुक बहराइनले भने यसलाई वैधानिकता दिएको हो ।

योसँगै अब बाइनान्सले बहराइनका लगानीकर्ताहरूको कारोबार सम्हाल्ने, उनीहरूको पोर्टफोलियो व्यवस्थापन गर्ने लगायतका गतिविधि गर्न पाउनेछन् ।

बाइनान्सले छिट्टै नै अब अर्को खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) मा पनि आफ्नो सेवा आधिकारिक रुपमा विस्तार गर्ने तयारी गरिरहेको बताएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ २१:३५