close

अर्काकोमा रहेको आफ्नो नेटफ्लिक्स प्रोफाइललाई अब छुट्टै नयाँ अकाउन्ट बनाउन सकिने

टेकपाना टेकपाना

चैत ३, २०७८ १२:४५

अर्काकोमा रहेको आफ्नो नेटफ्लिक्स प्रोफाइललाई अब छुट्टै नयाँ अकाउन्ट बनाउन सकिने

काठमाडौं । नेटफ्लिक्सले कुनै निश्चित प्रोफाइललाई पूर्णतया नयाँ अकाउन्टको रुपमा ट्रान्सफर गर्न सकिने फिचर परीक्षण गर्न  थालेको छ । अर्काको नेटफ्लिक्स ‘सब्सक्रिप्सन’मा सित्तैमा प्रोफाइल बनाएर ‘स्ट्रिमिङ’ सुविधा लिइरहेका प्रयोगकर्तालाई आफ्नो छुट्टै ‘सब्सक्रिप्सन’ लिनका लागि प्रोत्साहित गर्ने उद्देश्यले यस्तो फिचर सुरु गरेको भन्दै भेराइटीमा उल्लेख छ ।

नेटफ्लिक्सको साइटमा राखिएको पोस्ट अनुसार यो फिचरसँगै आफूसँगै नबस्ने व्यक्तिको नाममा सब-अकाउन्ट बनाउन सकिने फिचर परीक्षणका क्रममा रहेको छ । नेटफ्लिक्सका अनुसार प्रयोगकर्ताले आफ्नो प्रोफाइल नयाँ अकाउन्टको रुपमा ट्रान्सफर गर्न सक्ने तथा सब-अकाउन्ट भएका व्यक्तिले अतिरिक्त शुल्क भुक्तानी गर्नुपर्नेछ ।

यसले प्रयोगकर्तालाई नयाँ अकाउन्टमा ट्रान्सफर गरेको अवस्थामा आफूले विगतमा हेरेका भिडिओ, माई लिस्ट र रेकमन्डेसन कायम राख्ने सुविधा दिनेछ । नेटफ्लिक्सले सन् २०१३ मा पहिलो पटक युजर प्रोफाइल ल्याएको थियो ।

जसले प्रयोगकर्तालाई एउटै अकाउन्टबाट आफ्नो ‘वाच हिस्ट्री’ (आफूले हेरिसकेका भिडिओ) साथीभाइ तथा परिवारबीच विभाजन गर्ने सुविधा दिने गर्दछ । यस बाहेक नेटफ्लिक्सले एउटै पासवर्ड अन्यसँग शेयर गर्न नमिल्ने फिचर समेत परीक्षण गरिरहेको उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३