close

आईफोनको नयाँ अपडेटले ब्याट्री बिगारेको दावी

टेकपाना टेकपाना

चैत ३, २०७८ २०:५९

आईफोनको नयाँ अपडेटले ब्याट्री बिगारेको दावी

काठमाडौं । एप्पलका प्रयोगकर्ताले आईफोनको नयाँ अपडेट आईओएस १५.४ ले ब्याट्री बिगारिरहेको दावी गरेका छन् । मार्च १४ मा सार्वजनिक भएको सो अपडेटले फोन प्रयोग गरेको केही घन्टामै चार्ज सकिने पाइएको हो ।

आईओएस १५.४ अपडेटमा थुप्रै फिचरहरू जस्तै ३७ वटा नयाँ इमोजी, एप्पल स्मार्ट असिस्टेन्सका लागि जेन्डर न्यूट्रल भ्वाइस, मास्क लगाएरै फोन अनलक गर्न सकिने जस्ता फिचर समावेश छन् ।

यस्ता नयाँ फिचरहरूप्रति आकर्षित भएर धेरै प्रयोगकर्ताले आईओएस १५.४ अपडेट डाउनलोड गरिसकेका छन् । त्यसमध्ये प्रायः सबैले आईओएस १५.४ ले ब्याट्री लाइफमा असर गरिरहेको बताएका छन् ।

आईफोनका एक प्रयोगकर्ताले १० मिनेटमै ५ प्रतिशत ब्याट्री घटेकाे दावी गर्दै एप्पल पहिलो पटकमै राम्रो कुरा ल्याउन किन सक्दैन भनी प्रश्न गरेका छन् ।

त्यस्तै केहीले आईओएस १५.४ इन्स्टल गरिसकेपछि ब्याट्री तीव्र घटिरहेको फोटो पोस्ट गरेका छन् भने केहीले त्यसैसँग सम्बन्धित टेक्स्ट अपडेट गरेका छन् ।

याे समस्या आईफोनका पुराना माेडलमा बढी देखिएकाे छ ।

यदि तपाईं आईफोन प्रयोगकर्ता हो र तपाईंलाई तपाईंको आईफोन ब्याट्रीको चिन्ता छ भने नयाँ आईओएस १५.४ अपडेट गरिसकेपछि बेला बेलामा ब्याट्री हेल्थ चेक गरिरहनु पर्छ ।

एप्पलले यसबारे हालसम्म केही प्रतिक्रिया दिइसकेको छैन । त्यसैले यसबारे यकिन गरेर केही भन्न सकिँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३