close

फेसबुकको सुरक्षा फिचर अपनाउनु भएको छैन ? लक हुन सक्छ तपाईंको अकाउन्ट

टेकपाना टेकपाना

चैत ५, २०७८ १९:२६

फेसबुकको सुरक्षा फिचर अपनाउनु भएको छैन ? लक हुन सक्छ तपाईंको अकाउन्ट

काठमाडौं । फेसबुकले आफ्नो प्रयोगकर्ताको सुरक्षाका लागि विभिन्न फिचर व्यवस्था गरेको छ । पछिल्ला केही दिनमा फेसबुकले बारम्बार आफ्नो प्रयोगकर्तालाई टु फ्याक्टर अथेन्टिकेसन लगायतको सुरक्षाका फिचर प्रयोग गर्न आग्रह पनि गरिरहेको छ ।

यद्यपि अधिकांश प्रयोगकर्ताले भने यो विषयलाई गम्भीर रुपमा नलिएपछि मेटाले फेसबुकको प्रोटेक्सन फिचर प्रयोग नगर्ने प्रयोगकर्ताहरूको अकाउन्ट लक गर्न सुरु गरेको हो ।

दि भर्जमा प्रकाशित एक लेखका अनुसार कम्पनीले केही प्रयोगकर्तालाई ईमेल मार्फत उनीहरूको अकाउन्ट सुरक्षित नभएको कारण फेसबुको प्रोटेक्नशन फिचर प्रयोग गर्न आग्रह गरेको थियो ।

तर ती प्रयोगकर्ताले भने यसलाई स्पाम म्यासेजको रुपमा लिएर वास्ता नगरेपछि फेसबुकले अकाउन्ट लक गरेको लेखमा उल्लेख छ ।  फेसबुकले केही समय अगाडि मात्र सुरक्षाको लागि नयाँ अभियान सुरु गरेको थियो ।

मानव अधिकारकर्मीहरू, पत्रकार र सरकारी कर्मचारी जस्ता पब्लिक फिगरलाई नराम्रो नियतवस ह्याकरहरूबाट लक्षित हुने सम्भावना भएका कारण यस्ता मानिसहरूको सुरक्षाका लागि फेसबुकले विशेष सचेतना कार्यक्रम गर्दै आएको थियो ।

कसैको निगरानीमा भएको अथवा कुनै अनैतिक कार्य भएको जस्तो देखिने अकाउन्टका प्रयोगकर्तालाई टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न कम्पनीले ताकेता गर्दै आएको थियो ।

यद्यपि [email protected] ईमेल आईडीबाट आएको ईमेललाई प्रयोगकर्ताहरूले स्पामको रुपमा लिएर कुनै कदम नचाल्दा उनीहरूको अकाउन्ट लक हुन पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३