काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले इलेक्ट्रिक स्कुटर निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा नाष्टले यो इलेक्ट्रिक स्कुटर तयार पारेको हो ।
लुम्बिनी प्रदेशमा इलेक्ट्रिक स्कुटरको व्यवसायिक उत्पादनको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको थियो । जसमा सम्भाव्यता अध्ययनका साथै एउटा इलेक्ट्रिक स्कुरको प्रोटोटाइप निर्माण गर्नेगरी नास्ट र लुम्बिनी प्रदेश सरकारबीच केही समयअघि सम्झौता भएको थियो ।
लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा अघि बढेको यो परियोजना अन्तर्गत स्कुटर निर्माण तथा अध्ययनको काम सम्पन्न भएको नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले बताएका छन् । नास्टका टेक्निकल लिड प्रलाद गुप्ताको नेतृत्वमा अघि बढेको यो परियोजना सम्पूर्ण काम सम्पन्न भएको छ ।
स्कुटर निर्माणको काम सम्पन्न भएसँगै आइतबार नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ सहितको टोलीले उक्त स्कुरटको चलाएर परीक्षण गरेको ढकालले जनाकारी दिएका छन् ।
उनका अनुसार प्रतिवेदन आगामी केही दिनमा सार्वजनिक गरिने छ । जसमा नास्टले बजारमा तीन लाखभित्रै इलेक्ट्रिक स्कुटर ल्याउन सकिने उल्लेख गरेकाे छ ।