काठमाडौं । कुनै गोप्य कुरा बाहिरियो भने सामान्यतया हामी भित्ताको पनि कान हुन्छ भन्ने नेपाली भनाइलाई उधृत गर्ने गर्छौं । यही कुरा एप्पलले आईफोनमा लागू गरेको छ ।
आईफोनमा एउटा यस्तो फिचर छ, जसको सहायतामा तपाईंको अनुपस्थितिमा अरुले के कुरा गरिरहेका छन् भन्ने स्पष्ट रुपमा सुन्न सकिन्छ ।
एप्पलले आईफोनमा ‘हियरिङ’ फिचर उपलब्ध गराएको छ । यो फिचरको सहयोगमा तपाईंले १५ मिटर परसम्मको कुरा सुन्न सकिन्छ ।
यो फिचरको साथमा तपाईंले आईफोनलाई जासुसी गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ । यसमा तपाईंले कुनै एउटा ठाउँमा भएको कुराकानी मात्र नभएर त्यहाँ आउने अन्य ब्याकग्राउण्डमा आउने अन्य आवाज पनि स्पष्ट रुपमा सुन्न सक्नुहुन्छ ।
यो फिचर इनेबल गर्नका लागि ‘सेटिङ’ मा गएर ‘कन्ट्रोल सेन्टर’ मा ट्याप गर्नुहोस् ।
यसपछि थोरै तल स्क्रोल गरेर ‘हियरिङ’ अप्सनमा क्लिक गरेर उक्त फिचरलाई ‘कन्ट्रोल सेन्टर’ मा थप गर्नुहोस् । अब फोनको होम स्क्रिनमा गएर ‘कन्ट्रोल सेन्टर’ ओपन गर्नुहोस् ।
यसका लागि मोबाइल स्क्रिनको दाहिनेतिर माथिबाट तलतिर स्वाइप गर्नुहोस् । यसपछि उपलब्ध कानको आइकन भएको हियरिङ अप्सनमा क्लिक गर्नुहोस् र आफ्नो एयरपड्स फोनमा जोइन गर्नुहोस् । स्क्रिनमा आउने ‘लाइभ लिसन’ अप्सनमा क्लिक गर्नुहोस् ।
यसरी तपाईंले सो फोन जहाँ छोड्नु भएको छ त्यहाँ भइरहेका सबै कुराकानी लगायत अन्य आवाजहरू १५ मिटर टाढासम्म पनि सुन्न सक्नुहुनेछ ।
यदि तपाईंले आफ्नो फोन कुनै कोठामा छोड्नु भएको छ भने तपाईंले त्यहाँ भइरहेको सम्पूर्ण कुराकानी स्पष्ट रुपमा आफ्नो एयरपडमा सुन्न सक्नुहुन्छ ।