काठमाडौं । क्यूआर कोड र डिजिटल उत्पादन प्रवर्द्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रमबीच नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरे ।
वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरू मार्फत महिलाहरूलाई पर्यटन उद्यमहरू सञ्चालन गर्न तथा डिजिटल माध्यमको प्रवर्द्धन गर्ने उदेश्यले गरिएको उक्त कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले यस सहकार्य महत्वपूर्ण हुने बताउँदै यसले महिला व्यवसायीलाई डिजिटल बैंकिंङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकास गर्नमा कोसेढुंगा साबित हुने बताए ।
त्यस्तै कार्यक्रममा टेवानकी अध्यक्ष थापाले नबिल बैंकले टेवानलाई रोजेकोमा धन्यवाद दिँदै महिला व्यवसायीको प्रवर्द्धनमा बैंकसँग हातेमालो गर्दै सँगै अघि बढ्ने बताइन् ।
कार्यक्रममा केही महिला उद्यमीलाई नबिल क्यूआर कोड पनि हस्तान्तरण गरिएको थियो ।