काठमाडौं । फाइभजी प्राइभेट नेटवर्कमा ह्वावे, चाइना युनिकम लगायतका कम्पनीले नयाँ सफलता हात पारेका छन् । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी) मार्फत ‘फाइभजी प्राइभेट नेटवर्क प्लस’ मा हात परेको सफलताबारे जानकारी दिइएको छ ।
यसअन्तर्गत प्राइभेट नेटवर्क, क्याम्पस नेटवर्क र कस्टमाइज नेटवर्कले कसरी फाइभजीको विकास र दूरसञ्चार उद्योगलाई डिजिटाइजेशन गर्ने काम गरिरहेको छ भन्ने विषय दर्शाइएको छ ।
ह्वावे र चाइना युनिकमसँगै जीएसएमए, माइडिया, च्यान्जएन अटोमोबाइल, हाईकरोबोट लगायतका कम्पनीको सहकार्यमा उक्त कार्यक्रम आयोजना भएको थियाे ।
जसमा चाइना युनिकमका उपाध्यक्ष लियाङ बाओजुनले सन् २०२२-२०२५ कार्ययोजना अन्तर्गत रहेका पाँच प्रमुख लक्ष्य पुरा गर्न फाइभजी एप्लिकेसन निर्माणमा काम गरिरहेको जानकारी दिए ।
कम्पनीको कार्ययोजनामा फाइभजी एप्लिकेसनको सुरक्षा, कम्प्युटर नेटवर्कको फाउन्डेसनलाई बलियो बनाउने, विभिन्न संस्थासँगको सहकार्यमा फाइभजी एप्लिकेसन निर्माण गर्ने लगायतका काम छन् । जसले फाइभजी एप्लिकेसनलाई बजारले आत्मासाथ गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
जसरी पछिल्लो समय फाइभजी उद्योग विस्तार भइरहेको छ, त्यसमा क्यारियरको इनोभेसन तथा नयाँ एप्लिकेसनले निकै ठूलो भूमिका निर्वाह गरेको छ ।
त्यसमध्ये फाइभजी प्राइभेट नेटवर्कमा फाइभजी प्राइभेट नेटवर्क १.० र फाइभजी प्राइभेट नेटवर्क प्लसले यो क्षेत्रमा नयाँ आयाम सिर्जना गर्न सफल भएको दावी गरिएकाे छ ।
अझ यसलाई विस्तार गर्दै थप प्रभावकारी बनाउने काममा कम्पनीले निरन्तर काम गरिरहेको छ ।
कम्पनीका अनुसार फाइभजी प्राइभेट नेटवर्क प्लस एज इन्टरकनेक्सन चाइना युनिकमले निर्माण गरेको भएपनि यसमा ह्वावे, हाईकरोबोट लगायतका कम्पनीसँगको सहकार्य भएको छ ।
जसमार्फत ३जीपीपी मापदण्ड कायम गर्न सफल भएको छ । जसले एज नेटवर्कलाई सहजीकरण गर्न, त्यसको कार्यक्षमता विस्तार गर्न मद्दत पुगेको बताइएको छ ।