close

अब जनावरको टाउको राखेर जुम मिटिङमा सहभागी हुन पाइने

टेकपाना टेकपाना

चैत ९, २०७८ १८:३८

अब जनावरको टाउको राखेर जुम मिटिङमा सहभागी हुन पाइने

काठमाडौं । कोरोना महामारीको त्रास अझै पनि छ । यद्यपि कोरोना महामारीकै समयमा उदाएको जुम मिटिङको प्रयोग भने अझै पनि उत्तिकै लोकप्रिय छ ।

यस्तोमा जुमले समय-समयमा आफ्नो सेवामा विभिन्न नयाँ अपडेट तथा फिचर थप गर्दै गइरहेको  छ । हालै कम्पनीले ‘एनिमोजी’ अर्थात जनावरहरूको थ्रीडी क्यारेक्टरको अवतार जुम मिटिङमा थप गरेको छ ।

यसमा प्रयोगकर्ताहरूले जुममा भिडिओ मिटिङको क्रममा आफ्नो टाउकोको साटो विभिन्न जनावरहरूको थ्रीडी क्यारेक्टर अवतार राख्न मिल्छ ।

यसले तपाईंको अनुहारको हाउभाउलाई जस्ताको तस्तै नक्कल गर्नसक्छ । यसमा कुकुर, बिरालो, स्याल लगायतका क्यारेक्टर छन् ।

प्रयोगकर्ताको फेसियल रिकग्निसन नगर्ने हुँदा यो फिचर सुरक्षित हुने कम्पनीको दाबी छ ।

केहीका लागि रमाइलोको पक्ष भए पनि केही प्रयोगकर्ता, जो भिडिओ मिटिङमा आफ्नो अनुहार देखाउन चाहदैनन्, उनीहरूको लागि भने यो फिचर धेरै उपयोगी हुने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२