close

इन्स्टाग्रामको स्टोरिजको रिप्लाइमा अब फोटो र भ्वाइस पठाउन सकिने

टेकपाना टेकपाना

चैत १५, २०७८ ८:५८

इन्स्टाग्रामको स्टोरिजको रिप्लाइमा अब फोटो र भ्वाइस पठाउन सकिने

काठमाडौं । इन्स्टाग्रामको स्टोरिजको रिप्लाइमा अब इमेज र भ्वाइस म्यासेज पठाउन सकिने भएको छ । सफ्टवेयर डेभलपर अलेसेन्ड्रो पउलजीले ट्वीट गर्दै यस विषयमा जानकारी दिएका हुन् ।

उनका अनुसार स्टोरिजको रिप्लाईमा फोटो तथा भ्वाइस म्यासेज पठाउन सकिने फिचरका साथै क्यूआर कोड स्क्यान गरेर पोस्ट शेयर गर्न सकिने फिचर पनि उपलब्ध हुँदैछ ।

यसअघि कम्पनीले इन्स्टाग्रामको स्टोरिजमा लाइक गर्न मिल्ने फिचर ल्याएको थियो । त्यसअघिसम्म स्टोरिजमा राखिएको विषयको बारेमा रियाक्ट गर्न डाइरेक्ट म्यासेज नै गर्नुपर्ने बाध्यता थियो ।

यसरी कम्पनीले इन्स्टाग्राम स्टोरिजलाई पछिल्लो समय महत्वका साथ हेरिरहेको समेत दर्शाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३