close

 वनप्लस टेन प्रो फाइभजी सार्वजनिक, कति छ मूल्य ?

टेकपाना टेकपाना

चैत १८, २०७८ ९:२८

 वनप्लस टेन प्रो फाइभजी सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । वनप्लसले आफ्नो नयाँ स्मार्टफोन वनप्लस टेन प्रो फाइभजी सार्वजनिक गरेको छ । ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा र पाँच हजार एमएएच क्षमताको ब्याट्री रहेको यो फोनको तौल २०० ग्राम रहेको छ ।

साथै फोनको थिकनेस अर्थात् मोटाइ ८.५५ एमएम रहेको छ । वनप्लस टेन प्रो फाइभजी स्मार्टफवन दुई भेरियन्टमा आएको छ । फोनको ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य करिब एक लाख सात हजार रुपैयाँ रहेको छ ।

साथै १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरिन्टको मूल्य एक लाख १५ हजार रुपैयाँ राखिएको छ । यद्यपि नेपाली बजारमा यो फोनका लागि यकिन मूल्य कति रहन्छ भन्ने कुरा खुल्न बाँकी छ । 

वनप्लस टेन प्रो फाइभजी स्मार्टफोन ६.७ इन्च एमोलेड डिस्प्लेको साथमा आउँदछ । कर्भ्ड डिजाइन सहितको यो फोनमा १२० हर्जको रिफ्रेश रेट रहेको छ ।

फोनमा पछिल्ली स्न्यापड्रागन एन जेन वान प्रोसेसर राखिएको छ । फोनमा एलपीडीडीआर फाइभ र्‍याम तथा यूएफएस ३.१ स्टोरेज सपोर्ट दिइएको छ ।

वनप्लस टेन प्रो फाइभजी स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामेरा राखिएको छ । जब कि फोनको रियर प्यानलमा तीन ओटा क्यामेरा रहेको सेटअप छ ।

यसको मुख्य क्यामेरा ४८ मेगापिक्सेल हुनेछ । यस बाहेक ५० मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र ८ मेगापिक्सेलको अर्को क्यामेरा छ । पावर ब्याकअपका लागि यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

फोनमा ८० वाटको वायर चार्जिङ सपोर्ट दिइएको छ । साथै ५० वाटको वायरलेस चार्जिङ सपोर्ट दिइएको छ । फोनमा एन्ड्रोइड १२ मा आधारित कलर ओएस १२ सपोर्ट रहेको छ । वनप्लस १० प्रो फाइभजीमा डुअल स्पिकरका साथ एक्स-एक्सिस क्लिनर मोट दिइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३