काठमाडौं । रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट बाहिरिने घोषणा गरेको छ । युक्रेनविरुद्ध द्धन्द्ध फैलाएको भन्दै पश्चिमी क्षेत्रले रुसमाथि लगाएको प्रतिबन्ध नहटाएसम्म रुसले आईएसएसमा आफ्नो सहकार्य रोक्ने निर्णय गरेको हो ।
रुसको अन्तरिक्ष एजेन्सीका प्रमुखले नासा र युरोपियन स्पेस एजेन्सीसँग सहकार्य नगर्ने बताएका छन् । एजेन्सीका प्रमुख डिमेत्री रोगोजिनले एकद्वन्द्व ट्वीट गर्दै आगामी दिनमा सहकार्य नगर्ने र बाँकी रहेका कामहरू कहिलेसम्म सकिने भन्ने विवरण बुझाउने बताएका छन् ।
पश्चिमा कम्पनीहरूले रुसमाथि प्रतिबन्ध लगाउन सुरु गरेदेखि नै रोगोजिनले आईएसएसबाट आफूहरू पछि हट्ने धम्की दिँदै आएका थिए ।
रुसले यस परियाेजनाबाट हात निकालेपछि कसले आईएसएसलाई जोगाउने भन्दै रोगोजिनले योभन्दा अगाडि पनि धम्की दिएका थिए ।
उनको यो धम्कीपूर्ण प्रश्नमा भने एलन मस्कले आफ्नो निजी कम्पनी स्पेसएक्सले जोगाउने प्रतिक्रिया दिएका थिए ।
आईएसएस, शीतयुद्ध पछिको मौन कदमको संकेत जस्तै भएको छ, जसले देशहरूलाई दुई भागमा विभाजन गरेको छ ।
रोगोजिनले पहिले पनि रुसले हात निकालेपछि यसको जिम्मेवारी अमेरिका वा युरोपमा पर्ने बताएका थिए । जबकि अमेरिकाले भने आफैं सञ्चालन गर्न ‘धेरै गाह्रो’ हुने अभिव्यक्ति दिएको थियो ।
यही हप्तामात्र नासाका अन्तरिक्षयात्री मार्क भ्यान्डे हेई दुई रूसी अन्तरिक्षयात्रीहरूसँगै पृथ्वीमा फर्किएपछि रुस र अमेरिकाले आफ्नो मतभेदलाई सकाएको संकेत दिएका थिए ।
यो तीन रूसी अन्तरिक्ष यात्रीहरू पहेंलो र नीलो रंगको कपडा लगाएर फर्केका थिए, जसलाई केही मानिसहरूले युक्रेनको समर्थन र पुटिनको शासनको लागि अपमानको रूपमा पनि व्याख्या गरेका थिए ।
आज भने एक ट्वीटर थ्रेड मार्फत रोगोजिनले अमेरिका, क्यानडा, युरोपेली संघ र जापानबाट प्रतिबन्धहरू रुसको हाई-टेक व्यवसायहरूको वित्तीय, आर्थिक र उत्पादन गतिविधिहरू अवरुद्ध गर्ने उद्देश्य सहित अघि बढेको अभिव्यक्ति दिएका छन् ।