close

भारतीय भुक्तानी कार्ड ‘रुपे’ अब नेपालमा पनि चल्ने

टेकपाना टेकपाना

चैत १९, २०७८ १७:३२

भारतीय भुक्तानी कार्ड ‘रुपे’ अब नेपालमा पनि चल्ने

काठमाडौं । भारतको अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी कार्ड ‘रुपे’ अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रुपमा ‘रुपे’ डिजिटल कार्डको सुरुवात नेपालमा पनि गरेका छन् ।

योसँगै ‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै नेपाली बैंकहरुले रूपे कार्डलाई प्रचलनमा ल्याउने बाटो खुलेको छ ।

यसको प्रयोगले नेपाल आउने भारतीय पर्यटकको लागि सहज हुने लगायत यसले दुई देशबीचको व्यापारिक कारोबारमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ ।

नेपालमा रहेको एसबीआई बैंकको सबै सेल मसिनहरूमा कारोबारको लागि रूपे प्रयोग गर्न सकिनेछ । हाल देशभर एसबीआई बैंकका १४०० वटा मसिन उपलब्ध छन् ।

‘रुपे’ भारतले जारी गरेको पहिलो ग्लोबल कार्ड हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३