close

अदालतको तारिख अब अनलाइनबाटै लिन सकिने

टेकपाना टेकपाना

चैत २०, २०७८ १७:३६

अदालतको तारिख अब अनलाइनबाटै लिन सकिने

काठमाडौं । अदालतको मुद्दा मामिलाका लागि अब अनलाइनबाटै तारिख लिने पाइने भएको छ ।

विशेष अदालतले एक सूचना जारी गर्दै उच्च अदालत तथा जिल्ला अदालतहरूबाट अनलाइन तारिख लिन पाउने व्यवस्था लागू गर्न लागिएको जानकारी दिएको छ ।

विशेष अदालतको पूर्ण बैठकको चैत्र १३ गतेको निर्णयानुसार अब २०७९ वैशाख १ गतेदेखि मुद्दाका पक्षहरूलाई पायक पर्ने अदालतबाट अनलाइन मार्फत नै तारिख लिन सकिने भएको छ ।

यसका लागि अदालत समन्वयकर्ता र सम्पर्क व्यक्ति पनि तोकिने जनाइएको छ ।

अनलाइन तारिख सम्बन्धी व्यवस्थाका लागि आवश्यक व्यवस्था, सहयोग तथा सहजीकरणका लागि सबै उच्च अदालत र जिल्ला अदालतहरूलाई परिपत्र समेत गरिसकेको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३