काठमाडौं । अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरमा अनलाइन बिङ्गो खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उक्त समूहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जना रहेका छन् ।
प्रहरीले उनीहरूलाई नगद ७४ हजार १५० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट एक हजार ५०० पिस बिङ्गो टिकट र दुई थान स्पिकर समेत बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।