close

ट्रम्पको सोसल मिडियालाई आपत, प्रमुख कर्मचारीले नै छाडे साथ

टेकपाना टेकपाना

चैत २२, २०७८ १८:३२

ट्रम्पको सोसल मिडियालाई आपत, प्रमुख कर्मचारीले नै छाडे साथ

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सार्वजकि भएको धेरै भएको छैन । पहिलो चरणमा केही देशका आईओएस प्रयोगकर्तामाझ गएको फेब्रअरी २० तारिखबाट सेवा उपलब्ध भएको थियो ।

आईओएसमै अझै पनि धेरै देशका प्रयोगकर्ताले ट्रुथ प्रयोग गर्न पाएका छैनन् । एन्ड्रोइडमा कहिलेबाट उपलब्ध हुनेछ भन्ने विषयमा पनि कुनै जानकारी उपलब्ध छैन ।

आईओएसमा उपलब्ध भएको भएको ट्रुथमा पनि धेरै कमजोरी देखिएको छ । पछिल्लो समयमा केही परिमार्जन गरिए पनि समस्या कायमै छ ।

यस्तोमा कम्पनीका कर्मचारीहरुले भने काम छाड्न थालेका छन् । ट्रुथका टेक्निकल हेड जोस एडम्स र प्रडक्ट हेड बिल्ली ब्रुजर दुवैले कम्पनीबाट राजीनामा दिएका छन् ।

ट्रुथमा जोडिएको एक वर्ष नपुग्दै उनीहरु दुवैले राजीनामा दिएका हुन् । पछिल्लो समय ट्रुथमा कुनै किसिमको विकास नदेखिँदा उनीहरुले राजिनामा दिएको हुनसक्ने आँकलन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५