close

कान्तिपुर टिभीको ट्वीटर अकाउन्ट ‘ह्याक’

टेकपाना टेकपाना

चैत २३, २०७८ २१:३९

कान्तिपुर टिभीको ट्वीटर अकाउन्ट ‘ह्याक’

काठमाडौं । कान्तिपुर टेलिभिजनको ट्वीटर अकाउन्ट ‘ह्याक’ भएको छ ।

@ourktv ह्यान्डल भएको टेलिभिजनको ट्वीटर अकाउन्ट आज साँझदेखि नियन्त्रण बाहिर रहेकाे टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठकले जनाएका छन् ।

अहिले ह्यान्डलमा कुनै नाम छैन भने प्रोफाइल र कभर फोटो पनि हटाइएको छ ।

यस्तै ‘रिफ्रेस योर मेटाडेटा’ तथा ‘समथिङ इज कमिङ’ क्याप्सन सहित असान्दर्भिक पोस्टहरू ट्वीट भइरहेको छ ।

सम्पादक पाठकका अनुसार यसबारे थप अध्ययन भइइरहेको छ र ट्वीटर सपोर्टसँग टेलिभिजनको प्राविधिक टोलीले आवश्यक समन्वय गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५