close

अब संस्थागत श्रम स्वीकृति पनि अनलाइनबाटै

टेकपाना टेकपाना

चैत २५, २०७८ १६:९

अब संस्थागत श्रम स्वीकृति पनि अनलाइनबाटै

काठमाडौं । अब संस्थागत माध्यमबाट वैदेशिक रोजगारको लागि जानेहरूले पनि अनलाइन माध्यमबाट नै श्रम स्वीकृति लिन सक्ने भएका छन् । वैदेशिक रोजगार कार्यालय, काठमाडौंले बैशाख २ गतेदेखि लागू हुने गरि संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना अनलाइन प्रणालीबाट मात्र गरिने जानकारी दिएको हो ।

यो भन्दा अगाडि व्यक्तिगत माध्यमबाट जाने अथवा श्रम स्वीकृति नवीकरण गर्ने सेवाग्राहीहरूमा लागि मात्र पूर्ण अनलाइन प्रणालीको व्यवस्था गरिएको थियो । अब भने म्यानपावरको माध्यमबाट विदेश जानेहरूले पनि अनलाइनबाट नै श्रम स्वीकृति लिन सकिने व्यवस्था विभागले गरेको हो ।

विभागका अनुसार सम्बन्धित संस्थाले तीन कार्य दिन अगावै पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृतिको लागि अनलाइनमा आवेदन दिनुपर्नेछ । गत वर्षदेखि भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट श्रम स्वीकृतिको काम भइरहेकोमा यही पुष महिना सम्म विभागले अनलाइन र भौतिक उपस्थिति दुवै माध्यमबाट सेवा दिइरहेको थियो । माघ महिनादेखि श्रम स्वीकृतिको नवीकरण वा व्यक्तिगत श्रम स्वीकृतिको लागि अनलाइन माध्यम मात्र लागू गरिएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५