काठमाडौं । गुगल डक्समा पनि अब इमोजी रियाक्सन आउने भएको छ । गुगलले जारी गरेको ब्लग पोस्ट अनुसार यो सुविधा डक्स प्रयोगकर्ताले छिट्टै प्रयोग गर्न पाउने बताइएको छ ।
गुगल ब्लगमा सार्वजनिक गरिएको गरिएको गिफ अनुसार अब प्रयोगकर्ताले कुनै शब्द वा अनुच्छेद चयन गर्दा उनीहरूले स्क्रिनको दायाँ छेउमा नयाँ इमोजी बटन देख्न पाउने छन् । साथै प्रयोगकर्ताले इमोजी बटन थिच्दा धेरै प्रयोग गरेको इमोजी तथा इमोजी सर्चबार पनि देख्न पाउने छन् ।
जहाँबाट आफूले चाहेको इमोजी खोज्न तथा बारम्बार प्रयोग गरिने इमोजी सजिलै प्रयोग गर्न सकिनेछ । कम्पनीका अनुसार इमोजी सेटलाई नयाँ इमोजी भर्जन अनुसार अपडेट गरिएको छ । जसमा अहिले आएका नयाँ इमोजीहरुलाई पनि समावेश गरिएको छ ।
गुगलका अनुसार यो सुविधा २० अप्रिल देखि गुगल वर्कस्पेस इसेन्सियल, बिजनेस स्टाटर, बिजनेस स्टान्डर्ट तथा इन्टरप्राइज स्टान्डर्टका प्रयोगकर्तालाई उपलब्ध हुनेछ । तर यो इमोजीको सुविधा उपलब्ध भएपछि प्रयोगकर्ताले चाहेर पनि बन्द गर्न नमिल्ने बताइएको छ ।