काठमाडौं । युक्रेनको गैरनाफामूलक संस्था ‘कम ब्याक अलाइभ’ले रुसी आक्रमण विरुद्ध लड्ने मुलुकका सैनिकहरूलाई सहयोग गर्न गोलाबारुद, राइफल स्ट्यान्ड र रेडियो सङ्कलन गरिरहेको छ । उसले यसै साता युद्धमा भन्दा पनि साधारणतया युट्युब भिडिओका लागि प्रयोग हुने ‘२४ डीजेआई माभिक ३’ ड्रोन समेत डेलिभरी गर्यो ।
‘हाम्रा ड्रोन नै हाम्रा आँखा हुन्,’ सन् २०१५ देखि ड्रोनमा काम गरिरहेका एक युक्रेनी सैनिक अधिकृतले सुरक्षाका कारण आफूलाई अज्ञात राख्दै भनेका छन् । युक्रेनी सैनिकसँग आधिकारिक ड्रोन युनिट नभएको उनले बताएका छन् ।’
‘तर सैनिक र सर्वसाधारणले अर्को गाउँ अथवा सडकको एक किलोमिटर पर के छ भन्ने कुरा हेर्नका लागि तिनको प्रयोग गर्दछन् । ‘यदि रुसी तोपखानाले आक्रमणको प्रयास गर्दै रहेछ भने हामी सर्वसाधारणलाई अन्यत्र स्थानान्तरण गर्न सक्छौँ… यो आक्रमणलाई प्रतिरोध गर्न अथवा युक्रेनी नागरिकलाई बचाउने सम्भावना पनि हो ।’
व्यवसायिक रुपमा प्रयोग हुने चार ओटा पङ्खा भएको ‘क्वाडकोप्टर’ देखि हवाईजहाजको जस्तो ‘फिक्स विङ’ भएको सैनिक मोडलका ड्रोनहरू युक्रेनका लागि महत्त्वपूर्ण रहेको कुरा प्रमाणित भइसकेको छ । जसले युक्रेनीको हतियार बद्ध प्रतिरक्षालाई बिशाल रुसी सैनिकको अगाडि राम्रो मौका सिर्जना गर्दछ ।
युद्धको प्रारम्भिक चरणमा एरोरोजभिज्का नामक सर्वसाधारणको ड्रोन टिमले देशको राजधानी किभ प्रवेश गरिरहेको सैन्य जत्थाबाट युक्रेनीको स्टललाई जोगाउन आफ्ना सैनिकलाई सघाएको थियो । रात्रिकालीन एम्बुसको समयमा मानवरहित ड्रोनले लामबद्ध सवारीको अगाडि सानो विस्फोटक वस्तु खसालेको उनीहरूलाई निशाना बनाएको थियो ।
यसका साथै उक्त टिमले किभ नजिकै रहेको विमानस्थल कब्जा गर्ने सुरुवाती रुस प्रयासलाई समेत विफल बनाउन सघाएको थियो । त्यसो त सन् १८४९ देखि नै मानवरहित विमानहरू युद्धमा प्रयोग हुँदै आएका छन् ।
जापानले दोस्रो विश्व युद्धका क्रममा अमेरिकालाई लक्षित गर्दै प्रशान्त महासागरमा बेलुन बम पठाएको थियो । अफगानिस्तान र इराकको अमेरिकी युद्धका क्रममा पारमाणविक ऊर्जा र प्रतिरक्षाको क्षेत्रमा काम गर्ने अमेरिकी कम्पनी जनरल अटोमिक्सका ‘एम-१ प्रिडेटर’ र ‘एमक्यू-९ रियपर’ ड्रोन समातिए पछि ड्रोन शब्द मूलधारमा आएको हो ।
सन् २०११ सम्म आइपुग्दा अमेरिकी सेनासँग ११ हजार ठूला, महँगा सिस्टम तयार भइसकेका थिए । युक्रेनको न्युन बजेटको सेना र रुसको भयानक सेनाबीचको यो युद्धमा ड्रोनले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
साना उपकरण निर्माणको क्षेत्रमा व्यवसायिक ड्रोनको लागत, उडान अवधि र त्यसको रेञ्जमा निकै सुधार भइसकेको छ । दशौँ लाख डलर मूल्य पर्ने रुसी सैन्य सवारी साधनविरुद्ध युक्रेनीहरूले सफलता पूर्वक सैन्य ड्रोनहरू प्रयोग गरिरहेका छन् ।
यसरी ड्रोनले युद्धको नियम पुनर्लेखन गर्दैछन् । ‘एक समय ट्याङ्क सबैभन्दा महत्त्वपूर्ण हुने गर्दथ्यो,’ रेन्ड कर्पका सैन्य अनुसन्धानकर्ता जोन पाराचिनी भन्छन्, ‘अहिले ड्रोनहरू थप निर्णायक हतियार प्रणाली हुनसक्छन् ।’
व्यवसायिक ड्रोनहरू खासगरी सैन्य गतिविधि जाँचबुझ गर्न र युक्रेनका सैन्य ड्रोनले सही निशानामा आक्रमण साँध्ने कार्यमा महत्त्वपूर्ण रहेको प्रमाणित गरिसकेका छन् । रुसी सेनालाई हात हतियार तथा अन्य सामग्री आपूर्तिमा प्रयोग हुने सवारीसाधन र जमिनबाट हावामा प्रहार गरिने मिसाइललाई ध्वस्त पार्ने कार्यमा टर्कीमा बनेको बाइरेक्टर टीबी २ प्रयोग भएको थियो ।
युक्रेनको एउटा कम्पनी यूए डाइनामिकले निगरानीका लागि प्रयोग हुने पुनिशर नामक ‘लो प्रोफाइल’ ड्रोन बनाउने काम गर्दछ । जसले चार पाउन्ड तौल भएको एउटा बम बोक्न सक्छ ।
त्यस्तै अमेरिकी रक्षा विभागले त्यहाँको निर्माता एरोभाइरोमेन्टबाट स्विचब्लेड्स र पुमाज नामक १०० भन्दा बढी सैन्य ढ्रोन युक्रेन पठाएको छ । युद्धमा युक्रेनीहरूले करिब एक हजार ड्रोन प्रयोग गरिरहेको ती सैन्य अधिकारीको भनाई छ ।
‘धेरै जसो “खेलौना” मात्र हुन्, उनी भन्छन्, ‘तर हामीसँग जे छ, त्यो हामीसँगै छ।’ सैन्य ड्रोनको बिक्री प्रति वर्ष सात प्रतिशतका दरले वृद्धि हुने र यसको बजार सन् २०२१ मा १३ अर्ब अमेरिकी डलर रहेकोमा सन् २०२५ सम्म बढेर १८ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ ।
युक्रेनसँग जोडिँदै अमेरिकी ड्रोन निर्माताः
अन्य अमेरिकी ड्रोन निर्माताहरूले युक्रेनमा मानवीय सहायता तथा गैर सैनिक सामग्री डेलिभरीमा लागेका छन् ।
-ड्रागनफ्लाईले रगत, भ्याक्सिन, एन्टिबायोटिक, इन्सुलिनसहित फ्रिज गर्न जरुरी हुने मेडिकल सामग्री डेलिभरीका लागि १० ड्रोन बिक्री गरेको छ र थप तीन ओटा ड्रोन अनुदानमा दिएको छ । उक्त कार्यका लागि कोल्डचेन डेलिभरी सिस्टम र रिभाइभ्ड सोल्जर युक्रेनसँग सहकार्य भएको छ । त्यस्तै बारुदी सुरुङ पत्ता लगाउन केही ड्रोनमा लिडार र म्याग्नेटोमिटर सेन्सरहरू समेत राखिएको छ । अगस्टसम्म २०० ड्रोन पठाउने योजना बनाएको कम्पनीका सीईओ क्यामेरुन चेलले बताएका छन् ।
-एक्विलाइन ड्रोनले निरीक्षण, खोजी तथा उद्धार र औषधी तथा पानी जस्ता राहत सामग्री डेलिभरी गर्ने प्रयोजनका लागि तीन हजार अमेरिकी डलर मूल्य पर्ने आफ्ना ४० ओटा स्पार्टाकस हुरिकेन ड्रोन युक्रेन पठाएको कम्पनीका सीईओ बेरी अलेक्जेन्डरले बताएका छन् । सहायता सामग्री बढ्दै गएसँगै कम्पनीले युक्रेनका लागि एक हजार ड्रोन पठाउने अपेक्षा गरेको छ ।
-स्वचालित रुपमा रूख र घर छल्न सक्ने स्काईडियोका दर्जनौँ ड्रोनहरू युक्रेनलाई अनुदानमा दिइएको छ । जसको मूल्य करिब एक लाख अमेरिकी डलर छ । कम्पनीका सीईओ आदम बेरीका अनुसार मानवीय सहायता र राहत कार्यका लागि ती ड्रोन उपलब्ध गराइएको हो । स्काईडियो व्यवसायिक प्रयोगमा केन्द्रित छ, जसले निरीक्षण प्रयोजनका लागि अमेरिकी सेनालाई आफ्ना ड्रोनहरू बिक्री गर्दै आएको छ ।
‘यदि तपाईँकोमा आगलागी भयो भने सुरुमा तपाईँले आगलागी भएको क्षेत्र ओगट्ने र आगो कहाँबाट आइरहेको छ भनेर बुझ्ने प्रयास गर्नुहुन्छ,’ स्काईडियोका संघीय बिक्री प्रमुख तथा इराक, अफगानिस्तान र विश्वका अन्य भागमा पठाइएका ड्रोनको नेतृत्व गरेका चुक म्याकग्र्यू भन्छन्, ‘तपाईँले ६० सेकेन्ड अथवा त्यसभन्दा कम समयमै ड्रोन तयार पार्न सक्नुहुन्छ र जोखिमको क्षेत्रमा नजर राख्न सक्नुहुन्छ ।’
ड्रोनसँग ड्रोनको मुकाबिला
युक्रेनी ड्रोनको प्रतिरोध गर्न रुससँग उसका आफ्नै ड्रोन तथा हवाई प्रतिरक्षा प्रणाली छ । रुससँग डीजेआई माभिक ३ जस्तै ड्रोन रहेको कुरा युक्रेनी फोटोहरूमा देखिन्छ, जुन युक्रेनमा प्रयोग भइरहेका छन् ।
जब रुसी सैन्य ड्रोनको कुरा आउँछ , जसले ठूलो क्षति ब्यहोरेका छन् र २१ ओटा ड्रोन खसालिएका अथवा समातिएका छन् । ‘यो खेलमा रुसीहरू केही पछाडि छन्, र युक्रेनीहरूले आफू नवप्रवर्तनमा अगाडि रहेको कुरा प्रमाणित गरिसकेका छन्,’ रेन्ड कर्पका पराचिनी भन्छन् ।
युक्रेनमा ड्रोनको उपयोगिता स्थायी प्रकृतिको भने छैन । किन भने सेनाहरूले ड्रोन ध्वस्त पार्ने तथा ड्रोन निर्भर हुने रेडियो ट्रान्समिसन जाम गरिरहेका हुन्छन् ।
यद्यपि युक्रेनमा रुसी सैन्य रक्षा प्रणालीले अपेक्षाकृत रुपमा काम गर्न नसकेपछि उनीहरूले काउन्टर-ड्रोन प्रविधि प्रयोग गर्न थालेको पाराचिनीको भनाई छ । ‘युद्धमा ड्रोन प्रयोग गर्नु हाम्रा लागि खतरनाक छ,’ युक्रेनी सैन्य अधिकारी भन्छन् । विपक्षी सेनाले ड्रोन देखेको खण्डमा त्यसलाई खसाल्न अपरेटरहरूमाथि प्रहार गर्न सक्छन् र ड्रोन पत्ता लगाउन डीजेआईको एरोस्कोप प्रविधि प्रयोग गर्न सक्छन् ।
‘हामी युक्रेनीहरू बीचमा एउटा जोक छः हामीसँग हरेक समय एउटा नयाँ मुसा हुन्छ, जब कसैले मुसा समात्ने नयाँ पासो बनाउँछ,’ सैन्य अधिकारी भन्छन् । प्रविधिको विकास बढ्दै जाने अपेक्षा गरिएको छ ।
एउटा सम्भावना भनेको एक आपसमा झुन्डमा जोडिएर काम गर्ने ड्रोनहरूको विकास हो, जुन सामूहिक रूपमा ट्र्याक गर्न कठिन हुनेछ र त्यस्ता ड्रोनलाई अवरोध गर्न सकिने छैन । ‘तपाईँ प्रत्येक क्षेत्रमा दुई हजार अमेरिकी डलरमा पाँच हजार ड्रोनको झुन्ड घुमाउन सक्नुहुन्छ,’ ड्रागनफ्लाईका चेल भन्छन्, ‘यस्तोमा तपाईँ त्यसलाई कसरी रोक्न सक्नुहुन्छ ?’
युक्रेन जाँदै एरोभाइरोमेन्टका सैन्य ड्रोन
मानव पाइलटले चलाएको विमान र मिसाइलहरू बीचको भाग ड्रोनले ओगट्न सक्छ । एरोभाइरोमेन्टको स्विचब्लेड ३०० र ६०० मोडलका ड्रोन आफैँमा “लोइटरिङ मिसाइलहरू” हुन् जसले आफ्नो पखेटा चक्कुजस्तै थुप्रै ब्लेड खोल्छन् र लक्षित प्रणालीले उनीहरूलाई कहाँ जाने भनेर निर्देशन नदिएसम्म हावामा अडिएर रहन सक्छन् ।
स्विचब्लेड ३०० मोडलको तौल ५.५ पाउन्ड रहेको छ । जुन झोलामा सहजै अटाउन सक्छ र एउटा कम्प्याक्ट ट्युबबाट यसलाई प्रक्षेपण गर्न सकिन्छ ।
यो १५ मिनेटसम्म उड्नसक्ने यो ड्रोनले कुनै निशाना तय गर्नुअघि ६ माइलभन्दा धेरै ओगट्न सक्छ । त्यसैगरी ५० पाउन्ड तौल रहेको स्विचब्लेड ६०० मोडलको ड्रोन बख्तरबन्द गाडी जस्ता गम्भिर किसिमका निशाना तय गर्नका लागि डिजाइन गरिएको हो ।
जुन २५ माइलसम्म उड्न सक्छ र ४० मिनेटसम्म वरिपरि घुम्न सक्छ । एरोभाइरोमेन्टले सैनिक जाँचबुझमा सघाउने पुमा ड्रोन समेत बिक्री गर्दै आएको छ । जुन साढे ६ घण्टासम्म माथि आकासमा रहन सक्छ ।
यो ड्रोन बख्तरबन्द गाडी वा ट्रकमाथि कुनै वस्तु फ्याँक्नका लागि निशाना साँध्न र वायरलेस तरिकाबाट स्विचब्लेडसँगको संयोजनमा आक्रमण गर्न सक्छ । अमेरिकी सेनाले ८० करोड अमेरिकी डलर सहयोग अन्तर्गत मार्चको अन्त्यदेखि युक्रेनलाई १०० ओटा स्विचब्लेड ड्रोन पठाउन सुरु गरेको छ ।
त्यसपछि १ अप्रिलको ३० करोड अमेरिकी डलरको प्याकेजमा समेत पुमा र स्विचब्लेडका ड्रोनहरू समावेश छन् । पेन्टागनले त्यसमा कुन मोडल समावेश छन् भन्ने कुरा बताउन चाहेको छैन ।
तर पछिल्लो प्याकेजमा स्विचब्लेड ६०० समेत समावेश रहेको ब्लुमबर्गले उल्लेख गरेको छ । ४० फिट लामो पखेटा भएको टर्किश बाइरेक्टर टीबी २ जीबीएस बिना नै नेभिगेट हुनसक्छ र यसले लेजरबाट निर्देशित हतियार बोक्न सक्छ ।
यो एउटै ड्रोनको मूल्य १० लाख अमेरिकी डलर अर्थात् करिब १२ करोड रुपैयाँभन्दा बढी रहेको छ । ‘यो बाइरेक्टर टीबी२ ले जमिनमा रहेको सैनिकमाथि निकै ठूलो बिनाशकारी क्षति निम्त्याउन सक्छ,’ रोबिन्स भन्छन् ।
ठूलो आकारको यो ड्रोनले रुसीलाई यति धेरै हैरान पारेको छ कि यसको प्रसंसामा म्युजिक भिडिओ नै तयार भएको छ । ‘रुसी डाकूहरूलाई बाइरेक्टरले भूत बनाएको छ,’ उक्त भिडिओको अनुवादित गीतले भन्छ ।