close

गुगलमा आईफोन खोज्छन् धेरै नेपाली, यस्तो छ वर्ष ०७८ को रिपोर्ट

टेकपाना टेकपाना

बैशाख १, २०७९ १०:१५

गुगलमा आईफोन खोज्छन् धेरै नेपाली, यस्तो छ वर्ष ०७८ को रिपोर्ट

काठमाडौं । गुगलमा नेपालीले २०७८ सालमा के के खोजी गरे होलान् त ? यसबारे तपाईंलाई पक्कै चासो हुनसक्छ । गुगल ट्रेन्डको रिपोर्टलाई आधार मान्दा यो वर्ष इन्टरनेट विधामा सर्वाधिक खोजिएका पाँच विषयध्ये शीर्ष तीनमा आईफोन परेको छ ।

२०७८ को सुरुवातदेखि अन्त्यसम्मको रिपोर्ट हेर्दा नेपालबाट सबैभन्दा धेरै आईफोन १३ प्रो म्याक्सबारे गुगल सर्च भएको पाइएको छ ।

त्यस्तै ‘आईफोन १३ प्रो’, ‘वर्डल’, ‘आईफोन १३ प्रो म्याक्स प्राइस ईन नेपाल’ र हाइपर फन्ड एप क्रमशः दोस्रो, तेस्रो चौंथो र पाँचौंमा छन् ।

आईफोन १३ सिरिजका स्मार्टफोन २०७८ भदाैमा सार्वजनिक भएपछि नेपालको लोकेसनमा गुगल सर्च इन्जिनबाट आईफोन सर्वाधिक खोजिएको विषय बनेको हो ।

त्यस्तै ०७८ मा वर्डल विश्वभर चर्चाको विषय बनेको थियो । वर्डल एक प्रकारको पज्जल अनलाइन खेल हो । यसमा कुनै शब्दहरूको बीच अथवा छेउका अक्षर हटाइएको हुन्छ ।

त्यसमा उपलब्ध गराएका सङ्केतको माध्यमबाट आफूले त्यो शब्द पूर्ण गर्नुपर्ने हुन्छ । सो खेल विश्वव्यापी रूपमा चर्चित बनेको भएर नेपालीले पनि त्यसबारे जान्न गुगल सर्चमा खोजेका हुन् ।

०७८ सालमा नेपाल राष्ट्र बैंकले हाइपर फन्ड र क्रिप्टोसम्बन्धी सम्पूर्ण कारोबारमा प्रतिबन्ध लगाएको थियो । नेपालमा धेरै मानिसहरू गैरकानूनी रूपमा त्यसमा जोडिएका थिए ।

राष्ट्र बैंकले प्रतिबन्ध लगाएपछि त्यसबारे खोजी गरिएको हुनसक्छ ।

नेपालबाट गुगलमा सर्वाधिक खोजिएका शीर्ष १० मध्य ७ वटा आईफोन सम्बन्धी जानकारी नै छ ।

त्यसमा बाँकी रहेको शीर्ष नाै मा किसाख एप रहेको छ । यो एपमा अन्तर्राष्ट्रिय स्तरका ड्रामा हेर्न पाइन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४