close

टोयोटाको पहिलो ‘अल-इलेक्ट्रिक’ कार सार्वजनिक, एक पटकको फूल चार्जमा ५४० किलोमिटर गुड्ने

टेकपाना टेकपाना

बैशाख २, २०७९ १३:४४

टोयोटाको पहिलो ‘अल-इलेक्ट्रिक’ कार सार्वजनिक, एक पटकको फूल चार्जमा ५४० किलोमिटर गुड्ने

काठमाडौं । जापानिज कम्पनी टोयोटाले आफ्नो पहिलो अल-इलेक्ट्रिक (पूर्ण विद्युतीय) गाडी सार्वजनिक गरेको छ ।

कम्पनीले एक पटकको फुल चार्जमा ५४० किलोमिटरसम्म गुड्नसक्ने विद्युतीय गाडी ‘बीजेडफोरएक्स’ (bZ4X) अमेरिकी र जापानी बजारमा सार्वजनिक गरेको हो ।

यो गाडी हुन्डाईको विद्युतीय कार आयोनिक ५ र कियाको ईभी ६ को लागि चुनौती हुने अनुमान गरिएको छ ।

यो वर्ष पाँच हजार बीजेडफोरएक्स माेडलका गाडी बिक्री गर्ने टोयोटाले अपेक्षा गरेको छ । कम्पनीको आरएभीफोरको तुलनामा बीजेडफोरएक्सको डिजाइन थोरै फरक छ ।

यसको ह्विलबेस १५ सेन्टिमिटर लामो भएका कारण सवारी चालकलाई सहज हुने बताइएको छ । यसमा फ्रन्ट ह्विल ड्राइभ र अल ह्वील ड्राइभ फिचर उपलब्ध छ ।

यो गाडीको अर्को मुख्य विशेषता भनेको यसको डिजिटल की हो । प्रयोगकर्ताले आफ्नो डिजिटल की आफ्नो साथी अथवा परिवारका अन्य सदस्यहरूलाई पनि शेयर गरेर स्मार्टफोनको माध्यमबाट नै गाडी लक तथा अनलक गर्न सक्नेछन् ।

६.६ किलोवाट चार्जरले यो गाडीलाई शून्यबाट फूल चार्ज हुन करिब नौ घण्टा लाग्ने बताइएको छ । 

कम्पनीको फ्रन्ट ह्विल ड्राइभ भर्सनको कारको मूल्य ४२ हजार अमेरिकी डलर अर्थात् करिब ५१ लाख रुपैयाँमाथि र अल-ह्विल ड्राइभ भर्सनको सुरुवाती मूल्य ४८ हजार ७८० अमेरिकी डलर अर्थात करिब ६० लाख रुपैयाँबाट सुरु हुन्छ ।       

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४