close

ईसेवा वालेटमा रेमिट्यान्स पठाउँदा ५० हजार जित्ने अवसर

टेकपाना टेकपाना

बैशाख ३, २०७९ १६:१०

ईसेवा वालेटमा रेमिट्यान्स पठाउँदा ५० हजार जित्ने अवसर

काठमाडाैं । विश्वभरका दुई सय बढी मुलुकबाट नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै आएको ईसेवा मनी ट्रान्सफरले नेपालीको नयाँ वर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव ‘रेमिटोत्सव’ सार्वजनिक गरेको छ ।

यो योजना वैशाख १ गतेदेखि सुरु भई साउन ४ गतेसम्म १४ हप्ता सञ्चालन हुनेछ । रेमिटोत्सवमा दैनिक १ जनाले ५,००० तथा योजनाको अन्त्यमा बम्पर उपहार विजेताले ५०,००० को उपहार प्राप्त गर्नेछन् ।

यस योजना आन्तरिक तथा बाह्य रेमिट्यान्स कारोबार दुवैमा लागू हुनेछ । जसअन्तर्गत विदेशबाट ईसेवा मनी ट्रान्सफर मार्फत नेपालमा रेमिट्यान्स पठाउने तथा नेपालभर आन्तरिक रेमिट्यान्स पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नेछन् ।

यो योजना क्यास, बैंक र वालेट ३ वटै माध्यममा रेमिट्यान्स पठाउनेको लागि लागू हुनेछ । त्यस्तै, विजेता स्वयम् उपस्थित हुन् नसकेको खण्डमा रेमिट्यान्स पठाएको व्यक्ति अथवा मनोनित व्यक्तिले उपहार दावी गर्न सकिनेछ ।

दैनिक विजेता हरेक हप्ताको अन्त्यमा ईसेवा मनी ट्रान्सफरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने ईसेवा मनी ट्रान्सफरको फेसबुक, इन्स्टाग्राम पेज र भाइबर कम्युनिटी मार्फत समेत सार्वजनिक गरिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२