काठमाडौं । डकडकगोले आफ्नो सर्च इन्जिनमा पाइरेट वेबसाइटहरू सर्च गर्न नमिल्ने बनाएको छ । दि पाइरेट बे, १३३७ एक्स, एफमुभी लगायत चर्चित पाइरेसी वेबसाइटहरू डकडकगोको सर्च इन्जिनबाट हटाइएको हो ।
फिल्कस्टर तथा टुकोन्भ जस्ता स्ट्रिमिङ भिडिओहरू रेकर्ड गर्न मिल्ने साइटहरू पनि हटाइएको छ । यति मात्र नभएर भिडिओहरू डाउनलोड गर्न मिल्ने साइट जस्तो कि युट्युव डीएल लगायतका साइट पनि हटाइएको छ ।
डकडकगोमा यी वेबसाइटहरू सर्च गर्दा कुनै पनि रिजल्ट देखिदैँन । यी साइट यसरी हटाउनुमा कम्पनीले कुनै आधिकारिक सूचना भने दिएको छैन ।
यद्यपि सर्च इन्जिनमा केही पाइरेट साइटहरू खोजी गर्दा केही रिजल्ट आउँदैन ।