close

एलन मस्कको स्टारलिंकले फ्लाइट भित्र वाईफाई सेवा दिने

टेकपाना टेकपाना

बैशाख ९, २०७९ १७:२१

एलन मस्कको स्टारलिंकले फ्लाइट भित्र वाईफाई सेवा दिने

काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सले स्टारलिंक स्याटेलाइटमार्फत विमान भित्रै वाईफाई सेवा उपलब्ध गराउने भएको छ । त्यसका लागि कम्पनीले एयर क्यारियरसँग विमान भित्र वाईफाई उपलब्ध गराउनका लागि पहिलो सम्झौता गरेको हो ।

यसका साथै कम्पनीले थप अन्य कम्पनीसँग पनि यस्तै खालको सम्झौताका लागि तयारी गरिरहेको जनाएको छ । एयर क्यारियरसँग सम्झौता अनुसार स्टारलिंकको वाईफाई जोडिएको पहिलो विमान यही वर्षको अन्त्यसम्म उडान भर्ने जनाइएको छ ।

स्पेसएक्सले स्याटालाईटमार्फत विश्वका विभिन्न स्थानमा इन्टरनेट प्रदान गर्दै आएको छ । आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा कम्पनीले पहिलो पटक विमानमा यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै यस्तो सेवा सुरु गरेको हो ।

स्टारलिंकको लो–अर्थ अर्बिटमा हाल ३ हजारको हाराहारीमा स्याटलाइट रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२