काठमाडौं । यो वर्ष एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गर्दैछ । आईफोन १३ छोडेका धेरै प्रयोगकर्ता आईफोन १४ को व्यग्र प्रतिक्षामा छन् । तर यी सबै सिरिजलाई छोडेर के तपाईंले आईफोन १६ लाई पर्खने सोच्नुभएको छ ? यदि छैन भने अब सोच्नुहुनेछ ।
आईफोन १४ सार्वजनिक हुने चर्चा चलिरहँदा आईफोन १५ बारे पनि विभिन्न खबर आइरहेका छन् । यसबीच आईफोन १६ को बारेमा पनि अनुमानहरू आउन सुरु गरिसकेका छन् ।
एप्पलको बारेमा निश्चित जानकारी दिने समिक्षक मिङ चि कुओका अनुसार एप्पलले २०२४ सम्ममा आफ्नो पहिलो अन्डर डिस्प्ले क्यामेरा सहितको स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
सन् २०२४ मा सार्वजनिक हुने फोनमा अन्डर डिस्प्ले क्यामेरासहित फेस आईडी पनि स्क्रिनभित्र नै रहने बताइएको छ ।
यदि एप्पलले २०२४ मा कुनै ‘एस’ भेरियन्टको स्मार्टफोन सार्वजनिक गरेन भने उक्त वर्षमा आईफोन १६ सार्वजनिक हुनेछ । जुन एप्पलको पहिलो फुल डिस्प्ले स्मार्टफोन हुने अनुमान गरिएको छ ।
उनले ट्वीट गर्दै आईफोन १६ र नयाँ फिचरको सार्वजनिक हुने विषयमा बताएका हुन् । एप्पलले नच त यहि वर्षदेखि हटाउदैछ तर अब अन्डर डिस्प्ले क्यामेरा उपलब्ध गराउनुको अर्थ हो आईफोनको सेल्फि क्यामेरा आखाँले देखिनैछैन तर स्क्रिन भित्र नै हुनेछ ।
हुन त यL फिचर सामसङ र जेडटीईले पहिले नै केहि स्मार्टफोनहरूमा उपलब्ध गराइसकेको छ । यद्यपि, यो फिचर खास उपयोगी नहुन पनि सक्छ । किनभने डिस्प्लेले फ्रन्ट क्यामेरामा आउने प्रकाशलाई छेक्दा सेल्फी फोटोहरू खास राम्रो आउँदैन ।
हुन त कम्पनीहरूले यो समस्यालाई समाधान गर्न विभिन्न अल्गोरिदमहरू पनि प्रयोग गरेका छन्, तर यो नै उपयुक्त समाधान भने नहुन सक्छ ।
आईफोनकै हकमा कुरा गर्ने हो भने चाहिँ अन्डर डिस्प्ले क्यामेराले फेस आईडीलाई पनि बाधा पुर्याउन सक्छ । फेसआईडी प्रयोग गर्न उपयुक्त प्रकाशको आवश्यक पर्छ, जुन अन्डर डिस्प्ले क्यामेराले प्रदान नगर्न पनि सक्छ ।
यद्यपि एप्पल यो फिचरमा लागिरहेको छ । यसको अर्थ यस्ता समस्याको समाधान सहित कम्पनीले पक्कै पनि नयाँ फिचर सार्वजनिक गर्नेछ ।