close

कुकिजका लागि गुगलले उपलब्ध गरायो ‘रिजेक्ट अल’ अप्सन

टेकपाना टेकपाना

बैशाख ११, २०७९ २०:५२

कुकिजका लागि गुगलले उपलब्ध गरायो ‘रिजेक्ट अल’ अप्सन

काठमाडौं । युरोपेली युनियनको डेटासँग सम्बन्धित कानून उल्लंघन गरेको भन्दै कारबाहीमा परेको गुगलले कुकिजमा ‘रिजेक्ट अल’ अप्सन उपलब्ध गराएको छ ।

यसअघि फ्रान्सको डेटा सुरक्षा निकाय सीएनआईएलले गुगललाई कुकिजको ब्यानरमा भ्रम फैलाउने खालको भाषा प्रयोग गरेको भन्दै १७० मिलियन अर्थात २० अर्ब ८२ करोड जरिवाना गरेको थियो ।

गुगलले कुकिज एक्सेप्ट गर्न सिंगल बटन उपलब्ध गराएको र कुकिज रिजेक्टका लागि भने विभिन्न प्रोसेस पुरा गर्नुपर्ने झन्झटिलो प्रक्रिया बनाएको भन्दै कारबाही गरिएको थियो ।

गुगलको विज्ञापन व्यवसायलाई फाइदा पुग्ने खालको यस्तो व्यवस्थाले कानूनभन्दा बाहिरको हो,’ सीएनआईएलले भनेको छ ।

यस्तोमा गुगलले युरोपेली युनियनको डेटा सुरक्षा कानूनलाई आत्मासात गर्दै अब भने ‘रिजेक्ट अल’ बटन पनि सँगै उपलब्ध गराएको हो ।

योसँगै प्रयोगकर्ताले अब एकै क्लिकमा सबै कुकिज एक्सेप्ट तथा रिजेक्ट गर्न सक्नेछन् । हुन त यो व्यवस्था हालका लागि युरोपका प्रयोगकर्ताको हकमा मात्रै लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२