close

अब एप्पलले समेत आफ्नो एप स्टोरबाट पुराना एप हटाउने, तपाईँको आईफोनको एप के होलान् ?

टेकपाना टेकपाना

बैशाख १२, २०७९ ८:८

अब एप्पलले समेत आफ्नो एप स्टोरबाट पुराना एप हटाउने, तपाईँको आईफोनको एप के होलान् ?

काठमाडौं । गुगलपछि अब एप्पलले समेत आफ्नो एप स्टोरबाट पुराना एप हटाउने भएको छ । एप्पलले ‘एप इम्प्रुभमेन्ट नोटिस’ शीर्षकमा डेभलपरलाई पठाएको ई-मेलमा लामो समयदेखि अपडेट नभएका एप हटाउने चेतावनी दिएको हो ।

एप्पलले डेभलपरहरूलाई त्यस्ता एप अपडेट गर्ने समय केवल ३० दिन दिनको समय दिने गरेको छ । प्रविधिको दिग्गज कम्पनी एप्पलले डेभलपरलाई लेखेको छ कि ३० दिनमा रिभ्युका लागि अपडेट सबमिट गरेर त्यस्ता एप एप स्टोरबाट खोज्न तथा डाउनलोड गर्नका लागि उपलब्ध गराउन सकिनेछ ।

जसलाई नयाँ प्रयोगकर्ताले डाउनलोड गर्न सक्नेछन् । तर ३० दिनमा कुनै अपडेट सबमिट नगर्ने एप आईओएसबाट हटाइनेछ । एप्पलले पुराना एपलाई एप स्टोरबाट हटाए पनि प्रयोगकर्ताको फोनमा पहिले देखि नै डाउनलोड भएका एप भने उक्त डिभाइसमा रहिरहनेछन् ।

प्रोटोपप गेम्स डेभलपर रोबर्ट काब्बे जस्ता कतिपय एप निर्माताले एप्पलको यस किसिमको परिवर्तनको बारेमा चिन्ता व्यक्त गरेका छन् । काब्बेले ट्वीट गर्दै आफ्नो राम्रोसँग काम गर्ने गेम मोटिभेटो हटाउने धम्की एप्पलले दिइरहेको उल्लेख गरेको छ ।

किन कि यो एप मार्च २०१९ देखि अपडेट भएको छैन । तर गुगलले एप्पलभन्दा अघि नै आफ्नो प्ले स्टोरको लिस्टिङ बाट लाखौँ एप हटाउने घोषणा गरिसकेको छ ।

कम्पनीको भनाइमा एन्ड्रोइड प्रयोगकर्ताका लागि प्ले स्टोरमा सूचीकृत कयौँ एप यस्ता छन्, जसका लागि लामो समयदेखि पछिल्लो एन्ड्रोइड अपरेटिङ सिस्टम (ओएस) मा अपडेट आएको छैन । गुगलले यस्ता एप ब्लक गर्ने तथा लुकाउने घोषणा गरेको हो ।

गुगलको भनाइमा यस्ता एप डाउनलोड गर्नु हुँदैन । जसमा गोपनीयता तथा सुरक्षा सम्बन्धी नयाँ फिचर उपलब्ध छैनन् । यस किसिमको परिवर्तनबाट नयाँ प्रयोगकर्तालाई लामो समयदेखि अपडेट नभएका एप अब गुगल प्ले स्टोरमा देखिने छैनन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२