अब एप्पलले समेत आफ्नो एप स्टोरबाट पुराना एप हटाउने, तपाईँको आईफोनको एप के होलान् ?
बैशाख १२, २०७९ ८:८
काठमाडौं । गुगलपछि अब एप्पलले समेत आफ्नो एप स्टोरबाट पुराना एप हटाउने भएको छ । एप्पलले ‘एप इम्प्रुभमेन्ट नोटिस’ शीर्षकमा डेभलपरलाई पठाएको ई-मेलमा लामो समयदेखि अपडेट नभएका एप हटाउने चेतावनी दिएको हो ।
एप्पलले डेभलपरहरूलाई त्यस्ता एप अपडेट गर्ने समय केवल ३० दिन दिनको समय दिने गरेको छ । प्रविधिको दिग्गज कम्पनी एप्पलले डेभलपरलाई लेखेको छ कि ३० दिनमा रिभ्युका लागि अपडेट सबमिट गरेर त्यस्ता एप एप स्टोरबाट खोज्न तथा डाउनलोड गर्नका लागि उपलब्ध गराउन सकिनेछ ।
जसलाई नयाँ प्रयोगकर्ताले डाउनलोड गर्न सक्नेछन् । तर ३० दिनमा कुनै अपडेट सबमिट नगर्ने एप आईओएसबाट हटाइनेछ । एप्पलले पुराना एपलाई एप स्टोरबाट हटाए पनि प्रयोगकर्ताको फोनमा पहिले देखि नै डाउनलोड भएका एप भने उक्त डिभाइसमा रहिरहनेछन् ।
प्रोटोपप गेम्स डेभलपर रोबर्ट काब्बे जस्ता कतिपय एप निर्माताले एप्पलको यस किसिमको परिवर्तनको बारेमा चिन्ता व्यक्त गरेका छन् । काब्बेले ट्वीट गर्दै आफ्नो राम्रोसँग काम गर्ने गेम मोटिभेटो हटाउने धम्की एप्पलले दिइरहेको उल्लेख गरेको छ ।
I feel sick. Apple just sent me an email saying they're removing my free game Motivoto because its more than 2 years old.
— Protopop Games (@protopop) April 23, 2022
It's part of their App improvement system.
This is not cool. Console games from 2000 are still available for sale.
This is an unfair barrier to indie devs. pic.twitter.com/7XNcLfiEcR
किन कि यो एप मार्च २०१९ देखि अपडेट भएको छैन । तर गुगलले एप्पलभन्दा अघि नै आफ्नो प्ले स्टोरको लिस्टिङ बाट लाखौँ एप हटाउने घोषणा गरिसकेको छ ।
कम्पनीको भनाइमा एन्ड्रोइड प्रयोगकर्ताका लागि प्ले स्टोरमा सूचीकृत कयौँ एप यस्ता छन्, जसका लागि लामो समयदेखि पछिल्लो एन्ड्रोइड अपरेटिङ सिस्टम (ओएस) मा अपडेट आएको छैन । गुगलले यस्ता एप ब्लक गर्ने तथा लुकाउने घोषणा गरेको हो ।
गुगलको भनाइमा यस्ता एप डाउनलोड गर्नु हुँदैन । जसमा गोपनीयता तथा सुरक्षा सम्बन्धी नयाँ फिचर उपलब्ध छैनन् । यस किसिमको परिवर्तनबाट नयाँ प्रयोगकर्तालाई लामो समयदेखि अपडेट नभएका एप अब गुगल प्ले स्टोरमा देखिने छैनन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
