close

टेस्लाको शेयर मूल्य घट्दा मस्कको ट्वीटर किन्ने योजना प्रभावित हुनसक्ने

टेकपाना टेकपाना

बैशाख १४, २०७९ २०:५०

टेस्लाको शेयर मूल्य घट्दा मस्कको ट्वीटर किन्ने योजना प्रभावित हुनसक्ने

काठमाडौं । टेस्लाका मालिक एलन मस्कले ट्वीटर खरिद गर्ने निर्णय गरेसँगै मंगलबारबाट कम्पनीको शेयर मूल्य घटेको छ । ट्वीटर खरिदका लागि मस्कले टेस्लाको शेयर बिक्री गर्नसक्ने देखिएसँगै एकै दिनमा कम्पनीको मार्केट भ्यालु १२५ अर्ब डलर घटेको हो ।

कतिपय लगानीकर्ताले ट्वीटरमा मस्कको लगानी टेस्लाका लागि घातक हुने समेत बताएका छन् । यसरी ट्वीटर खरिदको विषयलाई लिएर विभिन्न नकारात्मक विषय बाहिरिएसँगै मंगलबारबाटै कम्पनीको शेयर मूल्य घटिरहेको छ ।

यदि निरन्तर रुपमा टेस्लाको शेयर मूल्य घटेको खण्डमा उनलाई ट्वीटर खरिदका लागि आवश्यक रकम जुटाउन समस्या हुनेछ ।

किनभने मस्कले टेस्लामा रहेको आफ्नो शेयरलाई राखेर लिएको १२.५ अर्ब कर्जा लिएका छन् । कम्पनीको शेयरका आधारमा लिइएको उक्त कर्जा असुरक्षित भएको खण्डमा मस्ककाे आफ्नै पाँचौं कम्पनी खडा गर्ने योजनामा धक्का लाग्ने आँकलन गरिएको छ ।

टेस्ला, स्पेसएक्स, पेपाल, जीप २, सोलार सिटी, न्युरोलिंक, ओपन एआई जस्ता विभिन्न कम्पनीमा आवद्ध रहेका मस्क यतिबेला नयाँ चुनौतीका लागि तयार भएका छन् । धेरैले मस्कका लागि ट्वीटर सिलिकन भ्यालीकै सबैभन्दा चुनौतीपूर्ण काम हुने समेत बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२