close

अब आईफोन प्रयोगकर्ताले पोडकास्ट जसरी वर्ड फाइलमा लेखिएका कुरा सुन्न सक्ने

टेकपाना टेकपाना

बैशाख २०, २०७९ १०:५३

अब आईफोन प्रयोगकर्ताले पोडकास्ट जसरी वर्ड फाइलमा लेखिएका कुरा सुन्न सक्ने

काठमाडौं । माइक्रोसफ्टले आईफोन प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्ने गरि नयाँ फिचर उपलब्ध गराएको छ । कम्पनीले आईओएस डिभाइसमा स्क्रिन लक गरेर पनि माइक्रोसफ्ट वर्ड डकुमेन्टमा उल्लेख भएको कुरा सुन्न सकिने सुविधा प्रयोगकर्तालाई दिएको हो ।

यो सँगै आईओएस प्रयोगकर्ताले वर्ड डकुमेन्ट पनि पोडकास्ट तथा अडियो फाइल जसरी नै सहज रुपमा सुन्न सक्नेछन् । यो फिचर माइक्रोसफ्ट अफिस इन्साइडरको नयाँ भर्सनमा देखिएको हो । माइक्रोसफ्ट अफिस इन्साइडरको नयाँ भर्सन २.६१ मा आईओएस प्रयोगकर्ताका लागि स्क्रिन लक भएको अवस्थामा पनि वर्ड फाइल पढ्न सकिने सुविधा रहेको जनाइएको छ ।

हुन त यसअघि पनि ‘रिड अलाउड फिचर’ नामक एक्सटेन्सन मार्फत यो सुविधा लिन सकिन्थ्यो । तर, अब भने आईओएस प्रयोगकर्ताले सोझै माइक्रोसफ्टमा उपलब्ध फिचर प्रयोग गर्न सक्ने भएका छन् । यो फिचरले प्रयोगकर्तालाई स्क्रिनमा बिताउने समय घटाउन केही हदसम्म भएपनि मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यसका लागि प्रयोगकर्ताले सेटिङमा कुनै परिवर्तन समेत गर्नु नपर्ने जनाइएको छ । यो फिचर स्वत लागू हुनेछ । त्यसका लागि आईफोन प्रयोगकर्ताले ‘रिभ्यु अफ ए वर्ड डकुमेन्ट’ मा क्लिक गरेर ‘रिड अलाउड’ मा क्लिक गरेर सुन्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२