close

‘फ्लप’ भएपछि पोडकास्ट फिचर बन्द गर्दै फेसबुक

टेकपाना टेकपाना

बैशाख २०, २०७९ १३:१५

‘फ्लप’ भएपछि पोडकास्ट फिचर बन्द गर्दै फेसबुक

काठमाडौं । सार्वजनिक भएको एक वर्ष पुरा हुने वित्तिकै फेसबुकले आफ्नो पोडकास्ट फिचर बन्द गर्ने निर्णय लिएको छ । ब्लुमबर्गसँगको कुराकानीमा मेटाले फेसबुकमा भएको पोडकास्ट, साउन्डबाइट र अडियाे हब बन्द गर्ने जानकारी दिएको हो ।

अब फेसबुकमा पोडकास्टरहरूले आफ्नो कार्यक्रम राख्न पाउन छैनन् । मेटाले फेसबुकबाट यो फिचर जुन ३ देखि पूर्णरुपमा बन्द गर्दैछ भने लाइभ अडियो रुम फेसबुक लाइभमा मात्र सीमित हुने बताइएको छ ।

केही समयदेखि नै मेटाले पोडकास्टमा चासो दिन छोडिसकेको थियो । कम्पनी अहिले फेसबुकको मुख्य फिड र इन्स्टाग्रामको रिल्स फिचरमा बढी केन्द्रित छ ।

फेसबुक अहिले मेटाभर्समा बढी केन्द्रित भएका कारण पनि यो फिचरमा खासै ध्यान नदिएको अनुमान गरिएको छ ।

अर्काेतर्फ एप्पल र स्पोटिफाईजस्ता पोडकास्ट एप अपरेटरहरू पहिले नै बजारमा प्रभुत्त्व जमाएर बसेका छन् ।

तर २०२१ मा क्लबहाउसको नक्कल गर्ने प्रयासहरूको बाढी पनि थियो । साथै मेटाले ट्वीटर स्पेस र रेडिट टक जस्ता फिचरहरूसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने थियो ।

लोकप्रिय प्लेटफर्म र ठूला स्रोतसाधनका बावजुद पनि फेसबुकले यो बजारमा टिक्नको लागि धेरै कसरत गर्नुपरेको थियो । यद्यपि अब भने मेटा अडियोको बजारबाट बाहिरिँदैछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२