close

इलेक्ट्रिक बाइक ल्याउँदै हर्ली डेभिडसन, मूल्य २६ लाख बढी

टेकपाना टेकपाना

बैशाख २२, २०७९ १०:४४

इलेक्ट्रिक बाइक ल्याउँदै हर्ली डेभिडसन, मूल्य २६ लाख बढी

काठमाडौं । विश्वकै चर्चित अटो ब्राण्ड हर्ली डेभिडसन अन्तर्गतकाे ‘लाइभवायर’ ले आउँदाे मे १० मा ‘डेलमार’ नामक नयाँ इलेक्ट्रिक बाइक सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले गत वर्ष सार्वजनिक गरेको ‘लाइभवायर वान’ को विकल्पको रुपमा यो बाइक सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले बाइकको टिजर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ ।

टिजर अनुसार बाइकको पछिल्लो भागमा ‘०ः०६’ मार्क दिइएको छ । हालसम्म प्राप्त जानकारी अनुसार यो बाइकको मूल्य २१ हजार ९९९ अमेरिकी डलर (साढे २६ लाख रूपैयाँ बढी) काे हारहारीमा हुनेछ ।

यो बाइक एस२ भर्सनमा आधारित हुने जनाइएको छ । यसको अर्थ यो बाइकको तौल मध्यक्रमको बाइक सरह हुनेछ ।

बाइकमा ब्याट्रीको क्षमता विस्तार गर्न सकिने सुविधा पनि उपलब्ध हुने चर्चा छ । भने, यसमा तल्लो स्तरको एस३ र माथिल्लो स्तरको एस४ मा उपलब्ध हुने फिचरलाई पनि समावेश गरिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२