काठमाडौं । आजदेखि ह्वाट्सएपमा रियाक्सन फिचर थपिने भएको छ । मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुकमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।
अब ह्वाट्सएप च्याटमा रिक्याक्सनका रूपमा इमोजी पठाउन मिल्नेछ । यसको माध्यमबाट प्रयोगकर्ताले आफूले कुनै म्यासेज पढ्दा कस्तो अनुभव गरे त्यो इमोजीको माध्यमबाट जानकारी दिन सक्छन् ।
यसअघि नै कम्पनीले फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा याे फिचर उपलब्ध गराइसकेकाे छ ।
यसअन्तर्गत प्रयोगकर्तालाई ह्वाट्सएपमा इमोजी पठाउनुपर्यो भने टेक्स्टको ठाउँमा इमोजी छानेर पठाउनुपर्ने हुन्छ ।
सुरुवातमा यस फिचर अन्तर्गत प्राथमिकताका आधारमा छ वटा इमोजी राखिने मेटाले जनाएको छ ।