काठमाडौं । क्रियटिभ क्रियसन्स एण्ड मिडियाले भ्वाइस ब्रोडकास्टिङ सेवा ‘क्रियटिभ भ्वाइस’ सुरु गरेको छ । सूचना प्रवाहलाई थप सहज बनाउने उद्देश्यका साथ ‘क्रिएटिभ भ्वाइस‘ को नाममा नयाँ सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
क्रियटिभ भ्वाइस सेवा एउटा ब्रोडकास्ट प्लेटफर्म हो, जहाँ कम्पनी तथा विभिन्न संस्थाले समाचार, सूचना, सार्वजनिक सेवा घोषणा वा अन्य सम्बन्धित भ्वाइस सन्देश एकैपटकमा ठूलो सङ्ख्यामा मानिसहरूलाई प्रसारण गर्न सक्छन् ।
विगत लामो समय देखि बल्क एसएमएस (एकै पटक धेरै नम्बरहरूमा म्यासेज, रिजल्ट प्रकाशन, भोटिङ) सेवा उपलब्ध गराउँदै आएको कम्पनीले चुनाव नजिकिएसँगै भ्वाइस म्यासेज सेवा सार्वजनिक गरेको हो ।
यो सेवा बल्क एसएमएस प्रणालीको परिष्कृत संस्करण भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस सेवा मार्फत संस्थाहरूले सर्वेक्षणहरू गर्न पनि सक्नेछन् । भ्वाइस सेवामार्फत आफ्नै आवाजमा समेत सन्देश पठाउन मिल्ने हुँदा यो सेवा बढी प्रभावकारी हुने कम्पनीको दावी छ ।