close

सेलएपले ल्यायो फेसबुक प्रोफाइलका लागि फ्रेम बनाउने एप

टेकपाना टेकपाना

बैशाख २५, २०७९ १८:९

सेलएपले ल्यायो फेसबुक प्रोफाइलका लागि फ्रेम बनाउने एप

काठमाडौं । हाल फेसबुकले सर्वसाधारणका लागि ‘प्रोफाइल फ्रेम’ फिचर निर्माण बन्द गरेको छ । त्यसैलाई मध्यनजर गर्दै नेपाली आईटी कम्पनी सेलएपले फेसबुक प्रोफाइल फ्रेमको विकल्पमा ‘शो योर सपोर्ट’ एप सार्वजनिक गरेको छ ।

यसका माध्यमबाट चुनावमा आफूलाई उपयुक्त लागेको उम्मेदवारको फोटो फ्रेमका रूपमा आफ्नो फोटोमा राखी फेसबुकमा प्रोफाइल पिक्चर राख्न सकिन्छ ।

फेसबुकले कोभिडको जानकारी केन्द्र, मतदाता जानकारी केन्द्र र जलवायु विज्ञान केन्द्रबाहेक अन्यका लागि फेसबुक प्रोफाइल फ्रेम खुलाएको छैन ।

यसको विकल्पमा नेपाली डेभलपर स्थानीय निर्वाचनलाई लक्षित गर्दै ‘शो योर सपोर्ट’ एप गरेका हुन् । यो एप आईओएसका लि यस लिंकबाट र एन्ड्रोइडका लागि यस लिंकबाट डाउनलोड गर्न सकिन्छ ।

एप डाउनलोड गरिसकेपछि तपाईंले त्यहाँ उपलब्ध फ्रेम प्रयोग गरी आफूले प्रोफाइल पिक्चरमा राख्न चाहेको फोटो छान्नुपर्ने हुन्छ । त्यसपछि सो फोटो डाउनलोड गरेर वा सोझै शेयर आइकनमा ट्याप गरी फेसबुक प्रोफाइल लेखिएको अप्सनमा क्लिक गरी प्रोफाइल अपलोड गर्न सकिन्छ ।

त्यस्तै तपाईंले फोटो राखेको ठाउँको दायाँपट्टि तेस्रोमा डाउनलोडको आइकन देख्न सक्नुहुन्छ । त्यसमा ट्याप गरिसकेपछि तपाईंले आफ्नो पुरा नाम, फोन न र ईमेल राेक्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले कुन-कुन नयाँ फ्रेम थपिए भन्ने कुराको जानकारी पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२