close

ट्वीटरमा ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गर्ने एलन मस्कको घोषणा

टेकपाना टेकपाना

बैशाख २८, २०७९ १३:४१

ट्वीटरमा ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गर्ने एलन मस्कको घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ट्वीटर प्रयोगमा प्रतिबन्ध लगाउनु गलत भएको भन्दै एलन मस्कले आफ्नो हातमा स्वामित्व आएपछि सो प्रतिबन्ध फुकुवा गर्ने घाेषणा गरेका छन् ।

फाइनान्सियल टाइम्सले आयोजना गरेको ‘फ्युचर अफ द कार कन्फ्रेन्स’ मा बोल्दै ट्रम्पले यसबारे जानकारी दिएका हुन् ।कम्पनीको नियम पटक-पटक उल्लघंन गरेको भन्दै ट्वीटरले ट्रम्पलाई स्थायी रूपमा सन् २०२१ को जनवरी महिनामा प्रतिबन्ध लगाएको थियो ।

ट्रम्पको ट्वीटले मानिसहरूलाई आपराधिक क्रियाकलापमा संलग्न हुन प्रोत्साहन गरेको ट्वीटरको आरोप थियो । ट्वीटकै कारण उनका समर्थकहरूले हिंसा भड्काएको पनि ट्वीटरको भनाइ थियो ।

यही कुरालाई लिएर ट्रम्पलाई ट्वीटरले कहिले पनि फर्कन नमिल्ने गरी प्रतिबन्ध लगाएको हो । यद्यपि मस्कले भने यो निर्णय नैतिक रुपमा गलत भएको बताउँदै आफ्नो हातमा स्वामित्व आएपछि ट्रम्पमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने तयारी रहेको बताएका छन् ।

अर्कोतिर ट्रम्पले भने आफू कहिले पनि ट्वीटरमा नफर्किने बताउँदै आएका छन् । साथै उनले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ पनि सञ्चालनमा ल्याएका छन् ।

यस्तोमा मस्कले फुकुवा गरेको प्रतिबन्धले ट्रम्पको निर्णय परिवर्तन हुनेछ वा छैन, आउने दिनमा नै थाहा होला ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२