close

ट्वीटरमा कुलमान घिसिङको नक्कली अकाउन्ट, नझुक्किन आग्रह

टेकपाना टेकपाना

बैशाख २८, २०७९ १७:१२

ट्वीटरमा कुलमान घिसिङको नक्कली अकाउन्ट, नझुक्किन आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा ट्वीटरमा नक्कली अकाउन्ट बनाई स्थानीय निर्वाचनको विषयमा गलत सूचना सम्प्रेषण भइरहेको पाइएको छ ।

एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो नामबाट नक्कली ट्वीटर ह्यान्डल बनाई गलत सूचना सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘मेरो आधिकारिक ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरूको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै उनले निर्वाचन आचारसंहितालाई पूर्णरुपले पालना गरिरहेका जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउन पनि अनुरोध गरेका छन् ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२