close

गुगल क्रोममा स्पेलिङ चेक गर्ने स्मार्ट तरिका

टेकपाना टेकपाना

बैशाख २९, २०७९ ९:३३

गुगल क्रोममा स्पेलिङ चेक गर्ने स्मार्ट तरिका

काठमाडौं । कसैलाई ईमेल वा म्यासेज पठाउँदा होस् वा सामाजिक सञ्जालमा पोस्ट गर्दा होस्, शब्दका स्पेलिङले निकै महत्त्वपूर्ण भूमिका खेल्ने गर्छन् । यसकाे विकल्पमा धेरै सफ्टवेयर छन्, जसमध्ये ग्रामर्ली पनि एक हो ।

तर, गुगलमा स्पेलिङ चेक गर्ने एउटा यस्तो फिचर छ, जसका माध्यमबाट क्रोम ब्राउजरमा तपाईंले कुनै पनि शब्दको गलत स्पेलिङ राख्दा त्यसलाई औंल्याइदिन्छ ।

गुगल क्रोममा स्पेल चेक कसरी गर्ने ?

-सबैभन्दा पहिले क्रोम ब्राउजरमा गएर माथि देखिएका तीनवटा डटमा ट्याप गर्नुहोस् ।

-त्यसपछि सेटिङमा जानुहोस् ।

-सेटिङमा क्लिक गरिसकेपछि दायाँ छेउमा एड्भान्सको अप्सन देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गरेर ल्याङ्ग्वेज (Language) को अप्सन छान्नुहोस् ।

-त्यसपछि त्यहाँ बेसिक र एड्भान्स दुईवटा अप्सन देख्न सक्नुहुन्छ । बेसिकले सामान्यतः हामीलाई आवश्यक साधारण स्पेलिङ गल्तीहरू देखाइदिन्छ । यदि एन्डभान्स अप्सन छान्नुभएको छ भने असाधारण गल्तीहरू पनि देख्न सकिन्छ ।

-गुगल क्रोममा अब कुनै पनि शब्द लेख्नुभयो भने त्यसमा भएका गल्तीहरू स्वतः जाँचिन्छन् । यसले तपाईंले ब्राउजर वा अन्य थर्ड पार्टी वेबसाइटमा टाइप गरेका कुराहरू ट्रयाक गर्ने गर्छ ।

-दि कुनै स्पेलिङ गल्ति छ बने त्यसको तल रातो लाइन देखिन्छ । त्यसमा क्लिक गर्दा सुझावमा अन्य शब्द देख्न सकिन्छ ।

स्पेलिङ जाँचका लागि क्रोममा भाषा परिवर्तन गर्ने तरिका

सबैभन्दा पहिले माथि उल्लेख गरिएको प्रक्रिया अपनाई ल्याङ्ग्वेजमा जानुहोस् । त्यसपछि त्यहाँ बेसिक अप्सनको माथि रहेको अर्को ल्याङ्ग्वेज देखिन्छ । त्यसमा क्लिक गर्नुभयो भने त्यहाँ ‘एड ल्याङ्ग्वेज’ देख्न सक्नुहुन्छ ।

त्यसपछि त्यहाँ आफूलाई आवश्यक परेको भाषा छान्नुपर्ने हुन्छ । त्यसको तल ‘एड’ लेखिएको बक्समा क्लिक गर्नुभयो भने तपाईं पुनः पहिलेको पेजमा पुग्नुहुन्छ । त्यसको तल तपाईंले भर्खरै छानेको भाषा देख्न सक्नुहुन्छ ।

त्यसलाई इनेबल गर्नुभयो भने तपाईंले गुगल क्रोम प्रयोग गरी त्यो भाषा लेख्दा त्यसमा गल्ती भएको खण्डमा गल्ती छ भनेर देखाइदिन्छ । त्यसपछि त्यहाँ देखाइएको सुझाव अनुरूप परिवर्तन गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२