काठमाडौं । प्रयोगकर्ताका लागि ईकमर्स साइट कतिको सुरक्षित छ भनेर मूल्याङ्कन गर्न सिंगापुरले ‘सेफ्टी रेटिङ स्किम’ सार्वजनिक गरेको छ ।
प्रयोगकर्ताले प्रयोग गर्ने ईकमर्स साइटहरू विभिन्न स्क्यामबाट कतिको सुरक्षित छ भनेर थाहा पाउन ‘मार्केटप्लेस ट्रान्जेक्सन सेफ्टी रेटिङ्स’ सार्वजनिक गरिएको हो ।
यो स्किमले कुन साइट प्रयोगकर्ताको सुरक्षाको लागि, कारोबार सुरक्षा र उपभोक्ताको गोपनीयता कति सुरक्षित छ भन्ने विषयको मूल्याङ्कन गर्नेछ ।
यसका साथै कुन प्लेटफर्मले कतिको सुरक्षित कारोबारको प्लेटफर्म प्रयोग गरिरहेको छ र समस्याको समाधानका लागि कस्तो प्रकारको संयन्त्र अपनाइरहेको छ भन्ने कुराको विश्लेषण पनि गर्नेछ ।
यो वर्षदेखि लागू भएर हरेक वर्ष ई-कमर्श प्लेटफर्मको रेटिङ हुने बताइएको छ । यो रेटिङ प्रक्रियामा सरकारको सुरक्षासँग सम्बन्धी कुनै पनि मापदण्ड नपुगेको प्लेटफर्मलाई चारवटा टिक मार्क (संकेत) लाग्नेछ ।
कुनै पनि मापदण्ड पुरा नभएका प्लेटफर्मलाई कानूनतः कारबाही गरिने सरकारको तयारी छ ।