बेलायतको सेन्टर फर प्रोटेक्सन अफ नेसनल इन्फ्राइस्ट्रक्चरका अनुसार यो एपले यदि कुनै प्रोफाइल यसअघि कुनै अनैतिक क्रियाकलापमा संलग्न भए/नभएको समेत जानकारी दिनेछ ।
अघिल्लो वर्षमात्र बेलायतमा १० हजार मानिसलाई लिंक्डइन फेक अकाउन्टबाट रिक्वेस्ट आएको थियो, जसको उद्देश्य प्रयोगकर्ताबाट गोप्य जानकारी संकलन गर्नु थियो ।
हरेक वर्ष यस्ता खालका क्रियाकलाप बढेकाे भन्दै बेलायतकाे सरकारी निकायकाे अग्रसरतामा याे एप सार्वजनिक गरिएको हो ।
याे एपमा ‘प्रोफाइल रिभ्युअर’ फिचर उपलब्ध गराइएको छ, जसले प्रयोगकर्तालाई लिंकडिन, फेसबुक, ट्वीटर र इन्स्टाग्राममा फेक प्रोफाइल पत्ता लगाई उक्त प्रोफाइलविरुद्ध रिपोर्ट गर्न सक्ने सुविधा दिएकाे छ ।