close

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतीघरसम्म युटिलिटी करिडोर बनाइने

टेकपाना टेकपाना

जेठ १०, २०७९ १७:२६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतीघरसम्म युटिलिटी करिडोर बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि युटिलिटी करिडोर निर्माणको कार्य सुरु गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

‘सहरलाई व्यवस्थित र सुन्दर बनाउन विभिन्न सेवालाई एकीकृत गर्ने गरी युटिलिटी करिडोर सहितको भौतिक पूर्वाधार विकास गर्न आवश्यक नीतिगत र कानूनी व्यवस्था गरिनेछ,’ उनले भनिन्, ‘आगामी वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतिघरसम्म युटिलिटी करिडोर निर्माण कार्य प्रारम्भ गरिनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२