close

वैज्ञानिक अनुसन्धानलाई प्रदेश स्तरसम्म प्रवर्द्धन गर्दै सरकार

टेकपाना टेकपाना

जेठ १०, २०७९ १९:०

वैज्ञानिक अनुसन्धानलाई प्रदेश स्तरसम्म प्रवर्द्धन गर्दै सरकार

काठमाडौं । सरकारले वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरमा समेत प्रवर्द्धन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वैज्ञानिक अनुसन्धानलाई प्राथामिक्ताका साथ अघि बढाउन यो कदम चाल्न लागिएकाे उल्लेख गरिन् ।

उनले प्रविधिलाई विकासका सबै आयामहरुमा आत्मासाथ गर्दै लगिने समेत बताइन् ।

त्यसैगरी विज्ञान प्रविधिलाई शिक्षाको अभिन्न अंगको रुपमा स्थापित गर्ने योजना पनि नीति तथा कार्यक्रममा राखिएको छ ।

साथै सरकारले विज्ञान प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने संस्था र व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम ल्याउने भएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२