close

अपराध अनुसन्धान र नियन्त्रणमा आधुनिक प्रविधि प्रयोग गरिने 

टेकपाना टेकपाना

जेठ १०, २०७९ १८:५१

अपराध अनुसन्धान र नियन्त्रणमा आधुनिक प्रविधि प्रयोग गरिने 

काठमाडौं । सरकारले अपराध अनुसन्धान र नियन्त्रण कार्यका लागि आधुनिक सूचना प्रविधिको प्रयोग गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

‘सुरक्षा सूचना प्रणाली सुदृढ गरी शान्ति सुरक्षा अपराध अनुसन्धान र नियन्त्रणमा आधुनिक प्रविधिको प्रयोग बढाइने छ,’ उनले भनेकी छन् ।

यसैगरी अध्यागमन र सीमा सुरक्षालाई समेत प्रविधिमैत्री र आधुनिक भौतिक पूर्वाधार सम्पन्न बनाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२