close

डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ १०, २०७९ १९:१८

डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा डिजिटल साक्षरता कार्यक्रम अघि बढाउने घोषणा गरेको छ ।

मङ्गलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट यस्तो घोषणा गरेकी हुन् ।

उनले प्रविधिको सुरक्षित प्रयोगका लागि साइबर सुरक्षा प्रणाली स्थापना गर्ने र डिजिटल साक्षरताका विभिन्न कार्यक्रम सञ्चालन गरिने समेत उल्लेख गरेकी छन् ।

यसैगरी सरकारले आगामी आवमा आफ्नै स्याटलाइट स्थापना गर्ने प्रक्रियालाई समेत अघि बढाउने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२