close

हरेक सरकारी कार्यालयमा अब एकीकृत व्यवस्थापन प्रणाली

टेकपाना टेकपाना

जेठ १०, २०७९ १९:११

हरेक सरकारी कार्यालयमा अब एकीकृत व्यवस्थापन प्रणाली

काठमाडौं । सरकारले अब सबै सरकारी निकायमा एकीकृत व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ ।

मङ्गलबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवालाई प्रभावकारी बनाउन एकिकृत व्यवस्थापन प्रणाली लागू गर्ने घोषणा गरेकी हुन् ।

उनले आगामी वर्षदेखी नेपाल सरकारका सबै निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरी कागजी प्रक्रियालाई विस्थापित गर्दै लगिने उल्लेख गरेकी छन् ।

यसैगरी डिजिटल नेपाल फ्रेमवर्क २०७६ को प्रभाकारी कार्यान्वयनबाट सार्वजनिक सेवालाई सरल, सहज, सुलभ र पारदर्शी बनाइने नीति लिइने समेत उनले उल्लेख गरेकी छन् ।

साथै देशैभर उच्च गतिको इन्टरनेट उपलब्ध गराउन पूर्वाधार विस्तार र पहुँच वृद्धिका कार्यक्रमलाई तीव्रताका साथ कार्यान्वयन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२