काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले आफ्नो ‘अल्ट्रा–फाई लाईन’ प्रोडक्टमा परिमार्जन गर्दै नयाँ अफर सञ्चालनमा ल्याएको छ । नयाँ अफर सँगै भायोनटका ग्राहकले अब ९ सय ९९ रुपैयाँमा २०० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सक्ने भएका छन् ।
कम्पनीले आफ्ना ग्राहकको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उच्च गति र उच्चगुणस्तरको इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यका साथ अल्ट्रा–फाई लाइनअपमा परिमार्जन गरेको हो । अल्ट्रा–फाई लाइनअप अन्तर्गतका प्याकेजमा ग्राहकले एकै पटक वार्षिक ग्राहक बन्नुपर्ने हुन्छ ।
यसरी वार्षिक ग्राहक बन्दा ग्राहकले २०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ९ सय ९९ रुपैयाँ प्रति महिनामा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । इन्टरनेटसँगै टिभी च्यानलसमेत आवश्यक पर्ने ग्राहकलाई भने यो प्याकेज मासिक ११ सय रुपैयाँ उपलब्ध हुने जनाइएको छ ।
साथै ग्राहकले ५ सय रुपैयाँ थपगरी डुअल ब्याण्ड राउटरका साथै निःशुल्क जडान र पहिलो सेट टप बक्स त्यसैमा प्राप्त गर्नेछन् । यो प्याकेज मार्फत भायानेटले बिना टिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा आईपी टिभी सेवा चाहने दुबै वर्गका ग्राहकको आवश्यकता पुरा गर्ने योजना अघि राखेको हो ।
त्यस्तै अझ बढी स्पीड र थप टिभी लिन चाहने ग्राहकका लागि भने कम्पनीले दुई ओटा भायाटिभी सहित २५० एमबीपीएस र तिन ओटा भायाटिभी सहित ३०० एमबीपीएस गतिको इन्टरनेट तथा टिभी प्याकेज वार्षिक ग्राहक बन्दा क्रमशः १२ सय ५० रुपैयाँ प्रति महिना र १५ सय रुपैयाँ प्रति महिनाका दरले प्राप्त गर्नेछन् ।