close

१२० स्पोर्टस् मोडसहित साओमीको ‘मी ब्यान्ड सेभेन’ सार्वजनिक, कति पर्ला मूल्य ? 

टेकपाना टेकपाना

जेठ ११, २०७९ १८:९

१२० स्पोर्टस् मोडसहित साओमीको ‘मी ब्यान्ड सेभेन’ सार्वजनिक, कति पर्ला मूल्य ? 

काठमाडौं । सा‌ओमीले आफ्नो फिटनेस ब्यान्डको नयाँ भर्सन मी ब्यान्ड सेभेन भर्सन सार्वजनिक गरेको छ । मी ब्यान्ड सेभेनमा ठूलो डिस्प्ले, नयाँ वाचफेस, नयाँ फिटनेस फिचर लगायतका नयाँ अपग्रेड थप गरिएको छ ।

पहिलेको तुलनामा मी ब्यान्ड ७ मा १.६२ इन्चको डिस्प्ले उपलब्ध गराइएको छ । साथै यो ब्यान्डमा डेटा प्रिजेन्टेशन र भाषाहरूको प्रस्तुतिकरणको डिजाइन पनि परिवर्तन गरिएको छ ।

नयाँ ब्यान्डमा १०० भन्दा बढी वाचफेसहरू छन् भने यसमा १२० भन्दा बढी स्पोर्टस मोडहरू समावेश गरिएको छ ।

प्रयोगकर्ताले यो ब्यान्डमा रनिङ, वाकिङ, स्विमिङ, साइक्लिङ, स्केटबोर्डिङ लगायतका १२० भन्दा बढी स्पोर्टस मोडहरू प्रयोग गर्न सक्नेछन् ।

यसका साथै अब यो ब्यान्डले प्रयोगकर्ताको ट्रेनिङ सेसनको पनि समीक्षा गर्न सक्नेछ । साथै ब्यान्डमार्फत आफ्ना साथीहरूलाई दैनिक व्यायामका विभिन्न गतिविधिहरूमा चुनौती दिन पनि सकिनेछ ।

प्रयोगकर्ताको शरीरमा अक्सिजनको मात्रा ९० प्रतिशत कम भएमा ब्यान्ड भाइब्रेट हुनेछ, जसले प्रयोगकर्तालाई सचेत गराउनेछ ।

यो ब्यान्डमा १५ दिनसम्म ब्याट्री टिक्ने कम्पनीले बताएको छ । कालो, सुन्तला, हरियो, निलो र सेतो रंगमा उपलब्ध ब्यान्डको मूल्यमा २३९ यस्आन (४५ सय रुपैयाँ) तोकिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२