close

सार्वजनिक जग्गाको नक्सा सहित डिजिटल अभिलेख तयार पार्दै सरकार

टेकपाना टेकपाना

जेठ १५, २०७९ १७:२

सार्वजनिक जग्गाको नक्सा सहित डिजिटल अभिलेख तयार पार्दै सरकार

काठमाडौं । सरकारले सबै प्रकारको सार्वजनिक जग्गाको डिजिटल अभिलेख तयार गर्ने भएको छ ।

आइतबार सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक जग्गाको नक्सा सहितको डिजिटल अभिलेख तयार गर्ने घोषणा गरेका हुन् ।

उनले सरकारी, सार्वजनिक, सामुदायिक र गुठी जग्गाको संरक्षण र व्यवस्थापनका लागि नक्सासहितको डिजिटल अभिलेख तयार गरी सम्बन्धित स्थानीय तहहरूलाई हस्तान्तरण गरिने उल्लेख गरे ।

साथै आगामी आर्थिक वर्ष १२६ नापी कार्यालयहरूमा सूचना प्रविधिमा आधारित अनलाइन सेवा प्रवाह प्रणाली कार्यन्वयनमा ल्याउने पनि अर्थमन्त्री शर्माले बताए ।

उनका अनुसार भू-सूचना अभिलेख व्यवस्थापन प्रणालीलाई स्तरन्नोति गर्दै मालपोत कार्यालयबाट प्रदान हुने सम्पूर्ण प्रकारका सेवालाई एकीकृत रुपमा प्रवाह गरिनेछ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४