काठमाडौं । सरकारले अब विद्युतीय माध्यममा प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख राख्ने भएको छ ।
आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री शर्माका अनुसार आगामी आर्थिक वर्षमा प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न प्रमुख अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली स्थापना गरिनेछ ।
त्यसपछि क्रमशः सबै स्वास्थ्य संस्थामा यसलाई विस्तार गर्दै लगिने उनको भनाइ छ ।