काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई अनलाइन माध्यमबाट स्वास्थ्य सेवा प्रदान गरिने भएकाे छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट घोषणा गर्दै अर्थमन्त्रीले वैदेशिक रोजगारीमा गएकाहरूलाई अनलाइन माध्यमबाट स्वास्थ्य सेवा प्रदान गर्ने घाेषणा गरेका हुन् ।
‘वैदेशिक रोजगारीहरूमा गएकाहरूलाई टेलिमेडिसिन सेवा प्रवाह गर्न आवश्यक व्यवस्था मिलाइनेछ,’ उनले भने ।
टेलिमेडिसिन सेवामा भिडिओ कन्फ्रेन्स अथवा टेलिफोनको माध्यमबाट स्वास्थ्य सम्बन्धित सेवा तथा परामर्श प्रदान गरिन्छ ।